• नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले करिव ९० लाख बराबरको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि गएको चैत २६ गते त्रिभुवन विमानस्थलमा पक्राउ परेका धादिङका दावा लामाका साथबाट खैरो हेरोइन बरामद गरेको हो ।

    उनी यसअघि पनि लागू औषध कारोबारका क्रममा पक्राउ परिसकेको प्रहरीले जनाएको छ । पक्राउ गरेपछि ३९ वर्षीय लामालाई सिटी स्क्यान गरिएको थियो । सिटी स्क्यानमा उनको पेटभित्र हेरोइन देखेपछि औषधि प्रयोग गरेर उनको पेटबाट ९३ वटा क्यापसुल निकालिएको प्रहरीले जनाएको छ । लामाको शरीरमा भेटिएको क्याप्सुलको संख्या ९३ रहेको नेपाल प्रहरीको एसएसपी ले जानकारी दिनुभयो ।

    पाकिस्तानबाट दुबई हुँदै काठमाडौं उत्रिएपछि व्युरोले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो । उनी काठमाडौंबाट दुवई हुँदै पाकिस्तान पुगेर फर्केका थिए । उनीसँगै प्रहरीले लागुऔषध कारोबार अभियोगमा अन्य एक जनालाई पनि पक्राउ गरिएको व्युरोले जनाएको छ ।

4565