-
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरसक पार्टीमा क्षति नहोस् भनेर अर्को पक्षका नेताहरूलाई सम्झाउने प्रयासमा रहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा बिहीबार बल्खुमा केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रममा अध्यक्ष ओलीले नेताहरूलाई सम्झाउने आफ्नो प्रयासलाई कमजोरीका रूपमा नलिन चेतावनी पनि दिए ।
अर्को पार्टी खोलेर हिँड्दा पनि अहिलेसम्म आफुहरुको प्रयास कारबाही नगरी सम्झाउनेमा रहेको उनको भनाई थियो । उनले व्यक्तिगत रूपमा नेताहरूसँग कुराकानी भए पनि अब पार्टीमा गुटगत गतिविधिलाई मान्यता दिन नसकिने बताए । अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचित रुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताको समृद्धिका अपेक्षा पूरा गर्न लाग्नु पर्ने धारणा व्यक्त गरे ।
विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त एमालेको केन्द्रीय कार्यालय पुनः निर्माण हुन लागेको हो । सो स्थानमा एमालेको १३ रोपनी जग्गा छ । पुनः निर्माणको लागत र अवधि सार्वजनिक गरिएको छैन ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२ -
भीड, लोकप्रियता र चुनावी यथार्थ : कनैया कुमारदेखि नेपालसम्म
सोमवार, माघ १९, २०८२
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२
-
भीड, लोकप्रियता र चुनावी यथार्थ : कनैया कुमारदेखि नेपालसम्म
सोमवार, माघ १९, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२





