-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा थप तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो ।
सचिव अर्यालले पछिल्लो केही दिन यता काठमाडौंका अस्पतालमा आएका कोरोना संक्रमित विरामीहरुको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने गरेको देखिएको जानकारी पनि दिए । गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भएपनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जना सम्मलाई सार्न सक्ने देखिएको छ । यसैगरी सचिव अर्यालले कुल जनसंख्याको ७२ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप लगाउने योजना मन्त्रालयले बनाएको पनि बताए । उनले त्यस अनुसार २ करोड १५ लाख मानिसहरुलाई खोप लगाउँदा ४ करोड ३० लाख र खेर जाने दर सहित करिब ५ करोड खोप आवश्यक पर्ने बताए । उनले सबै खोप खरिदका लागि करिब ४८ अर्ब लगानी गर्नुपर्ने देखिएको पनि जानकारी दिए ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३