-
राम नवमीका अवसरमा चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित मन्दीरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ । संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, प्रदेश नं. २ का प्रमुख डा. राजेश अहिराज, बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलसहित हजारौं सर्वसाधारणको उपस्थितीमा माडी नगरपालिका–९ स्थित कृष्णनगरमा बनाइएको मन्दिरमा मूर्ति राखिएको हो ।
अहिले राखिएका मूर्तिलाई पछि मूल मन्दिर बनाएर राख्ने योजना रहेको अयोध्याधाम प्रचारसमितिले जनाएको छ । मूर्तिसहितको रथयात्रा टोली दिउँसो ३ बजे माडी आइपुगेको थियो । मूर्तिहरुलाई माडीमा लगेपछि परशुराम कुण्डको जलले अभिषेक गरिएको थियो ।
मंगलवार विहान प्रधानमन्त्री केपी ओलीले मूर्तिहरुको पूजाआजा गरेर बालुवाटारबाट रथयात्राको विदाई गरेका थिए । गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाइएको थियो ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३