-
जिल्ला प्रशासन कार्यालय बागलुङले नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर प्रवेशमा बुधबार बिहान देखि रोक लगाएपछि भक्तजन निरास हुदै फर्केका छन् । विहान ५ वजेनै मन्दर पुगेका भक्तजलाई मन्दीर प्रवेशमा रोक लागएपछि गेटमा पुजा गरेर फर्केको भएपछि ८ वजे पछि भने गेटमा पुजा गर्न समेत रोक लाईएको छ ।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम बढ्दै गएको भन्दै जिल्ल कोभिड संकट व्यवस्थापन समितिले प्रसिद्ध कालीका भगवती मन्दिरमा प्रवेश गर्न रोक लगाएपछि टाढाटाढा देखि मन्दिरमा पुजा र भगवान् को दर्शन गर्न आएका श्रद्धालु भक्तजन अलपत्र परेका छन् । प्रशासनले गएराती मन्दिर बन्द गर्ने सुचना जारी गरेपछि चैते दशैको नवमीको दिन पुजा गर्न आएका भक्तजन मन्दिरको गेटमा पुगेपनि पुजा गर्न नपाएको भन्दै गुनासो गरेका थिए । प्रशासनले कालीका भगवती मन्दिरमा अष्टमीको दिनसम्म ५० हजार भन्दा बढीको भिडभाड हुदा समेत मन्दिर बन्द नगरेको अहिले एकाक्सी मन्दिर प्रवेशमा रोक लगाएको भन्दै पुजा गर्न आएका भक्तजनले आक्रोश पोखेका छन् ।मन्दिर प्रवेश गर्न रोक्नको लागि प्रहरी तैनाथ गरेर कडिकडाउ गरिएको मन्दिर ब्यबस्थापन समितिलाई समेत रोकिएको कालीका भगवती मन्दिर गुठी ब्यबस्थापन समितिका उपाध्यक्ष कुमार खड्काले बताए ।मन्दीर परिसर सरसफाइ, पूजा व्यस्थापन र दूरी कायम गरेर पूजा गराउने तयारी गरिरहेको वेला निशेधाज्ञा लगाइएको हो । प्रशासनले जारी गरेको निशेधाज्ञा कालिका मन्दिरलाई लक्षित गरिएको छ ।
पुर्व तयारी विना एक्कासी मन्दीरमा रोक लगाउदा टाडा वाट आएका भक्तजन अलपत्र परेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए ।गृह मन्त्रालयको निर्देशन भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले मठमन्दिरमा निशेधाज्ञा लगाएपछि बागलुङ कालिका मन्दिर सुनसान भएको छ । कोरोना संक्रमण समुदाय स्तरमा पुगेको भन्दै प्रशासनले गएराती देखी मन्दिरमा निशेधाज्ञा जारी गरेको छ । अन्यत्र भने निशेधाज्ञा लगाइएको छैन । बजार क्षेत्रमा नियमित सवारी, पसल र व्यवसाय सञ्चालनमा छ ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३