-
काठमाडौँको सिनामंगलस्थित सूर्या ल्याबबाट पिसिआर नेगेटिभ आएको रिपोर्ट लिएर त्रिभूवन विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको छ । सूर्या ल्याबमा परीक्षण गरिएको पिसिआर रिपोर्ट लिएर विभिन्न देश जानका लागि विमानस्थल पुगेका उनीहरुलाई फर्काइएको हो ।
विदेश यात्राका लागि पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । तर सूर्या ल्याबले नमुना नै नलिइ नक्कली रिपोर्ट बेच्ने गरेको खुलासा भएपछि उक्त ल्याबको रिपोर्ट बोकेर यात्रा गर्न खोज्ने १२२ जनालाई फर्काइएको हो । बिमानस्थलबाटै फर्काइएपछि उनीहरुले विरोध जनाएका थिए । सो क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारबाटै स्वीकृति प्राप्त ल्यावमा आफुहरुले परिक्षण गर्दा पनि सरकारले विदेश जान रोकेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।
बुधबारमात्रै काठमाडौंमा ९ हजार रुपैयाँ तिरेर नक्कली पीसीआर परीक्षण रिपोर्ट बनाउने गरेको खुलेको थियो । मंगलवारमात्र महानगरीय अपराध महाशाखाको टोलीले सिनामंगलमा रहेको सुरिया हेल्थ केयर प्रालिमा छापा मार्दा नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेको हो। चार घण्टामा नै स्वाब नै नै नलिइ नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि ल्याबका सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२