-
मानसिक सन्तुलन गुमाई बेबारिसे अवस्थामा हिडिरहेका महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको अरोपमा उदयपुरको रौतामाई गाउँपालिका ७ का २४ वर्षिय राजु अछामेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार प्रहरी अनुसन्धानबाट हत्यारा अछामे भएको देखिएपछि पक्राउ गरि कारवाही थालिएको हो । दुईदिनअघि घाँस दाउराका लागि गएका गाउँलेहरु नवज्योती सामुदायिक वनको हिले खोल्सी शिरमा महिलाको चुरा पोतेसहितको कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो । घटनास्थलमा टाउकोमा ढुंगाले प्रहार गरेको प्रष्ट देखिने खप्पर लगायतको कंकाल फेला परेको थियो । घटनास्थलको प्रकृतिले ढुँगाले टाउकोमा प्रहार गरी हत्या भएको प्रहरीले एकिन गरेको थियो ।
प्रहरीले उक्त कंकालको सुक्ष्म अध्यायन गर्दा केही समय अघि मुर्कुची, सुकौरा, राजाबास, अधेरी क्षेत्रमा मागी खाई हिड्ने, हेर्दा तराईमुलको जस्तो देखिने, मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६÷२७ वर्षिया महिलाको रहेको एकिन भएको एसपी दाहालले बताए । घटनास्थलमा भेटिएको चुरा, कपडा, पोतेबाट नाम, थर, वतन नखुलेको सोही महिलाको कंकाल भएको एकिन प्रहरीले गरेको जनाएको छ ।
घटनालाई सुक्ष्म अनुसन्धान गर्दा उनको हत्यामा अछामे संलग्न रहेको पत्ता लागेपछि पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।अनुसन्धानको क्रममा अछामेले मृतक महिलालाई गत चैत ११ गते बेलुकी करिब ६ बजेतिर कंकाल फेला परेको बनतर्फ हातमा जबरजस्ती तान्दै लगेको पत्ता लागेको थियो । जंगल लगेपछि उनलाई जबरजस्ती करणी गरी टाउकोमा ढुंगो प्रहार गरी कर्तब्य गरी मारेको खुल्न आएको एसपी दाहालले बताए । उनका अनुसार घटनास्थलमा कर्तब्य गरी मार्न प्रयोग भएको ढुंगा र अछामेको टोपी फेला परेको पारी बरामत गरिएको छ । उनलाई कर्तब्य ज्यान मुद्दामा कारवाही अगाडी बढाइएको उनले बताए । अछामेले सोधपुछमासमेत जबरजस्ती करणी गरी हत्या गरेको स्विकार गरेको एसपी दाहालले बताए ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२