-
मानसिक सन्तुलन गुमाई बेबारिसे अवस्थामा हिडिरहेका महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको अरोपमा उदयपुरको रौतामाई गाउँपालिका ७ का २४ वर्षिय राजु अछामेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार प्रहरी अनुसन्धानबाट हत्यारा अछामे भएको देखिएपछि पक्राउ गरि कारवाही थालिएको हो । दुईदिनअघि घाँस दाउराका लागि गएका गाउँलेहरु नवज्योती सामुदायिक वनको हिले खोल्सी शिरमा महिलाको चुरा पोतेसहितको कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो । घटनास्थलमा टाउकोमा ढुंगाले प्रहार गरेको प्रष्ट देखिने खप्पर लगायतको कंकाल फेला परेको थियो । घटनास्थलको प्रकृतिले ढुँगाले टाउकोमा प्रहार गरी हत्या भएको प्रहरीले एकिन गरेको थियो ।
प्रहरीले उक्त कंकालको सुक्ष्म अध्यायन गर्दा केही समय अघि मुर्कुची, सुकौरा, राजाबास, अधेरी क्षेत्रमा मागी खाई हिड्ने, हेर्दा तराईमुलको जस्तो देखिने, मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६÷२७ वर्षिया महिलाको रहेको एकिन भएको एसपी दाहालले बताए । घटनास्थलमा भेटिएको चुरा, कपडा, पोतेबाट नाम, थर, वतन नखुलेको सोही महिलाको कंकाल भएको एकिन प्रहरीले गरेको जनाएको छ ।
घटनालाई सुक्ष्म अनुसन्धान गर्दा उनको हत्यामा अछामे संलग्न रहेको पत्ता लागेपछि पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।अनुसन्धानको क्रममा अछामेले मृतक महिलालाई गत चैत ११ गते बेलुकी करिब ६ बजेतिर कंकाल फेला परेको बनतर्फ हातमा जबरजस्ती तान्दै लगेको पत्ता लागेको थियो । जंगल लगेपछि उनलाई जबरजस्ती करणी गरी टाउकोमा ढुंगो प्रहार गरी कर्तब्य गरी मारेको खुल्न आएको एसपी दाहालले बताए । उनका अनुसार घटनास्थलमा कर्तब्य गरी मार्न प्रयोग भएको ढुंगा र अछामेको टोपी फेला परेको पारी बरामत गरिएको छ । उनलाई कर्तब्य ज्यान मुद्दामा कारवाही अगाडी बढाइएको उनले बताए । अछामेले सोधपुछमासमेत जबरजस्ती करणी गरी हत्या गरेको स्विकार गरेको एसपी दाहालले बताए ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२