-
सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ । गाईलाई टुनामुना गरी मारेको आरोप लगाउदै सिरहाको औरहीमा महिलालाई कुटपीट गर्नुका साथै मलमुत्र खुवाइ दुव्यर्वहार गरिएको छ ।
सिरहाको औरही गाउँपालिका ५ औरहीमा ५० वर्षिया हिरादेवी साहलाई आफन्तले नै बोक्सीको आरोप लगाई कुटपिट गरी मलमूत्र खुवाएको घटना सार्वजनिक भएको छ । गाई मरेको विषयलाई लिएर आफ्नै जेठाजुका छोरा र बुहारीहरु कुटपिट गरी मुलमूत्र खुवाएको पीडित साहको भनाई छ । उनले जेठाजुका छोरा घुरन साह र बुहारीहरु कौशिला, निशा र कविताले जबरजस्ती मलमूत्र खुवाएको आरोप लगाएकी छन ।
हिरादेवी जुडशितलका दिन आफन्तको घर पुगेकी थिइन । आफन्तलार्ई आर्शिवाद दिन पुगेको बेला जेठाजुका छोरी बुहारीहरुले गाईलाई टुनामुना लगाएको आरोपमा दुव्र्यवहार गरेको उनले बताएकी छन । यसरी वीच सडकमा अमानवीय व्यवहार भैरहँदा पनि आफुलाई कसैले बचाउन नआएको उनको गुनासो छ । उनका श्रीमान रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढ छन भने घरमा सानो छोराछोरी मात्र रहेका छन । कोही नभएको बेला आफुलाई कुटपीट र दूव्र्यवहार गर्नेलाई कारवाहीको उनले माग गरेकी छन ।
यता बोक्सीको आरोपमा कुटपीट र मलमूत्र खुवाउने घटनालाई गाउँमै मिलाउने प्रयास भएको छ । गाउँका केही अगुवाहरुले घटना सार्वजनिक हुनु हुँदैन भन्दै गाउँमा मिलापत्रको प्रयास गरेका छन । अर्कातिर घटनाको खबर संकलन गर्न गर्न पुगेका एभिन्यूज टेलिभिजनका सिरहा जिल्ला संवाददाता शुभनारायण कामती र नयाँ पत्रिकाकर्मी सुरेन्द्र कुमार कामतिमाथि समेत दुव्यर्वहार भएको छ । यसैबीच सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले बोक्सीको नाउँमा अमानवीय व्यवहार गर्नेलाई कारबाही गरिने बताएका छन् ।
।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





