-
नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएको छ । कोरोनाको पहिलो लहरमा बालबालिका र युवावर्ग त्यती बढी प्रभावित नभएपनि दोस्रो लहरले उनीहरुलाई पनि चपेटामा पारेको छ । तर बालबालिका र युवावर्गलाई कोरोनाको प्रभावबाट कसरी बचाउने विषयमा सरकार अझै अन्योल मै रहेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आइबारसम्म ३ हजार ५ सय ३५ बालबालिका कोरोना महामारीको चपेटामा आइसकेका छन । काठमाडौ उपत्यकाका अधिकाँश विद्यालयहरुमा कोरोना संक्रमित फेला परिसकेका छन । यसरी विद्यार्थीहरुमा कोरोना देखिन थालेपछि विद्यालयहरु पनि सरकारको ठोस कदमको प्रतिक्षामा छन । तर सरकारले भने समस्यालाई गम्भिरताका साथ विद्यालय प्रशासन पनि अप्ठेरोमा परेको छ ।
विद्यालय संचालन गर्ने कि बन्द गर्ने हाल स्वास्थ्य र शैक्षिक मुद्दाभन्दा पनि राजनीतिक र आर्थिक मुद्दा बन्न पुगेको छ । दुई दिन अघिमात्र संसदिय समितिमा सांसदहरुले विद्यालयहरुको छाता संगठन प्याबसन र एनप्याबसनको दबाबका कारण सरकारले निर्णय लिन नसकेको दाबी गरेका थिए । यसैगरी राजधानीमा वायु प्रदुषण बढेको भन्दै चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यार्थीहरु विद्यालयमा बढी सुरक्षित रहेको भन्दै तत्काल विद्यालय बन्द नगर्ने भन्दै हिडेका छन । अर्कातिर कोभिड नाइन्टिन नियन्त्रण एवं व्यवस्थापन केन्द्रले अवस्था भयावह भएको भन्दै विद्यालय बन्द गर्नुपर्ने सुझाव दिइरहेको छ । विद्यालय संचालन गर्ने वा बन्द गर्ने निर्णय लिने जिम्मेवारी अहिले स्थानीय तहलाई दिइएको छ । तर, स्थानीय तहहरुले पनि मनोमानी ढंगले निर्णय गर्दा अन्योल झन बढेको छ ।
नेपाल नगरपालिका संघ कोरोनाको दोस्रो लहरको जोखिम एकातिर छ भने विद्यार्थीहरुको वार्षिक परीक्षा नजिक आईरहेको छ । यस्तो अवस्थामा बालबालिकाहरुले स्वास्थ मापदण्ड अपनाउन कठिन हुने र चुनौति बढ्ने भएका कारण सुरक्षित राख्नका लागि विद्यालय बन्द गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको भनाई छ ।विद्यालय संचालन गर्ने कि बन्द गर्ने विषयलाई लिएर अहिले विद्यार्थी, अभिभावक, शिक्षकका साथै विद्यालय प्रशासन पनि अन्योलमा छ । यस्तोमा सरकारले जोखिमको स्तरलाई बुझेर एउटा ठोस निर्णय लिनु पर्ने आवस्यक देखिएको छ ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





