-
भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागि भएर पुर्व राजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्किएका छन । धार्मिक भ्रमण सकेर आइतबार अपरान्ह स्वदेश फर्किएका पूर्व राजा शाहका समर्थकले त्रिभुवन विमानस्थलमा उनको भव्य स्वागत गरेका छन् । बाजा गाजा सहित विमानस्थल पुगेका समर्थकले ‘राजा आऊ,देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’लगायत नारा समेत लगाएका थिए । समर्थकले ल्याएका पुष्पगुच्छा लिएपछि उनी त्यहाँबाट बाहिरिएका थिए ।

हरिद्वारमा आयोजित कुम्भमेलामा संबोधन गर्दै पूर्वराजा शाहले हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले हिन्दु धर्मको सभ्यता र संस्कृतिका आदर्शहरु विश्वकै मानवीय आदर्शहरुलाई डो¥याउने खालको भएका उल्लेख गर्दै हिन्दु धर्म र संस्कृतिको संरक्षणमाथि जोड दिएका थिए । निरंजन पीठाधिश्वर आचार्य महामंडलेश्वर स्वमी कैलासानन्द गिरीको विशेष आमन्त्रणमा उनी हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागि भएका थिए । हरिद्वार बसाईको क्रममा पूर्व राजा शाह कुमभ मेलाको शाही स्नानमा समेत सहभागि भएका थिए । यसैगरी उनी हरिद्वारस्थित पतञ्जली योगपीठको समेत अवलोकन गरेका थिए । पूर्व राजा शाहको यस भ्रमणमा उनकी पत्नी कोमल पनि सँगै थिइन् ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३