-
कोरोनाको दोश्रो लहरले रौतहटमा पनि संक्रमण तिव्र बनाएको छ । पछिल्लो तिन दिनमै रौतहटमा संक्रमितको सँख्या १९ पुगेको छ । बिहिवार ३ जनामा संक्रमण पुष्टी भएकोमा हिजो शुक्रवार एकैदिन कोविड १९ का ६ नयाँ संक्रमित फेला परेको थिए । आज पनि १० जनामा संक्रमण पुष्टी भए पछि रौतहटमा कोरोना संक्रमितको सँख्या १९ पुगेको छ । संक्रमित हुनेसबै अहिले घरमै क्वारेन्टीनमा बसेका छन ।
आज संक्रमित हुने मध्ये ५ जना गरुडा, २ जना देवाही गोनाही नगरपालिकाका छन भने कटहरीया, गढीमाई र सर्लाही रामनगरका १–१ जना रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
भारतसँग सिमा जोडिएको रौतहटमा भारतीय सहरबाट दैनिक रुपमा रौतहट भित्रिने स्थानियको सघन स्वास्थ्य परिक्षण हुन सकेको छैन । कोरोना संक्रमित भएका व्यक्तिहरुलाई हाल घरमै क्वारेन्टीनमा राखिए पनि उनीहरुका परिवारका अन्य सदस्यहरुको निगरानी वा संक्रमितको प्रत्येक दिनको अवश्थाका बारेमा जानकारी लिने कुनै व्यवस्था छैन । संक्रमित रहेको परिवारजनको एउटा सानो लापरवाहीले पनि पुरै समुदायनै जोखिममा पर्ने खतरा छ ।
जिल्ला प्रशासन कार्यालयले प्रत्येक पालिकाहरुलाई क्वारेन्टीनको व्यवस्था गर्न भने पनि हाल सम्म ठोस प्रगति हुन सकेको छैन । केही नाकाहरुमा अस्थ्यी हेल्थ डेस्कको स्थापना भए पनि खुल्ला सिमानाका कारण संक्रमितलाई रोक्ने ठूलो चुनौती रहेको छ ।
संक्रमण बढे पनि रोकिएन भिडभाड
कोरोना संक्रमणबाट जोगिन अपनाउनु पर्ने उपायका बारेमा जानकारी भए पनि स्थानियले त्यसलाई पालन गरेका छैनन । संक्रमण रोक्न मास्कको प्रयोग तथा भौतिक दूरीको बारेमा स्थानियले वेवास्ता गरि रहेका छन ।यता सचेतना फैलाउनु पर्ने राजनितिक दल, सँस्था तथा पालिकाहरुले समेत मानिसहरुको भिडभाड गराएर विभिन्न कार्यक्रमहरु गर्न छोडेका छैनन । शिलान्यास, उदघाटन तथा राजनितिक कार्यक्रमहको भिडभाडले संक्रमणको जोखिमलाई निम्त्याइ रहेको छ ।

तिव्र संक्रमणका बिच बैशाख ८ गते जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको कार्यक्रम राखिएको छ भने अन्य राजनितिक दल तथा स्थानिय पालिकाहरुले समेत चरणबद्धरुपमा कार्यक्रमहरु गरिरहदा समेत स्थानिय प्रशासनले रोक लगाउन सकेको छैन ।
News Desk 0 response शनिबार, बैशाख ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





