-
प्रधानमन्त्री केपी ओलीले संसदमा विचाराधीन अवस्थामा रहेको एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता रोकेर सभामुख अग्नि सापकोटाले अराजक र अनैतिक भूमिका खेलेको आरोपसमेत लगाए । बैठकमा प्रधानमन्त्री ओलीले सभामुखको भूमिप्रति असन्तुष्टि जनाउँदै एमसिसीलाई अघि बढाउनका लागि सहयोग गर्न दलहरुलाई आग्रह गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने सम्बन्धमा आफुहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । एमसीसीलाई अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सुझाव दिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
बैठकमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, जसपा र राप्रपा सहभागी भएका थिए । नेकपा माओवादी केन्द्र र एमाले नेपाल र खनाल पक्षका नेताहरु भने बैठकमा सहभागी भएनन् ।
News Desk 0 response शनिबार, बैशाख ४, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२