• बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र ट्रक ठोकिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका १२ का उदय बाठा, खगेन्द्र सुनार, झापा मेचीनगर–१० का छत्र कटवाल, सुर्खेत विरेन्द्र नगरपालिका–५ का जीवनक कुमार बि.क. रहेका छन् । एक जना महिलाको भने पहिचान खुल्न सकेको छैन ।

    दुर्घटनामा परी ३७ जना घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सुर्खेतबाट धरान जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र नन टेस्ट टिपर ठोकिदा दुर्घटना भएको हो ।

4565