-
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय उदयपुरले एक योजनामा लक्षीत वर्गको प्राथमिकता भन्दा बाहिर काम गरेर बजेटको दुरुपयोग गरेको पाइएको छ ।बरुवाखोला मुहान भइ असारी–भुसुने सिचाइ योजना मर्मतको नाममा कार्यालयले लक्षित वर्गको प्राथमिकता भन्दा बाहिर काम गरेर बजेटको दुरुपयोग गरेको हो ।
नहरको माथिल्लो भेगमा मर्मत आवश्यक हुँदाहुदै नहरको पानी नपुग्ने पुछार भागमा आरसिसि ढलानसहितको काम भइरहेको छ । आम उपभोक्ताको हित विपरित सजिलो ठाउँमा असारीको पूर्वपश्चिम राजमार्गको कालोपत्रे सडक मुनी आरसिसि ढनालसहितको काम भईरहेको छ ।
४ लाख ८२ हजार ४ सय ९० रुपैया लगत इस्टिमेटको मर्मत कार्य कोटेशनमार्फत एक कन्स्ट्रक्सनलाई ४ लाख ८१ हजार ९ सय ७१ रुपैयामा काम दिइएको छ । ५ लाख भन्दा कम बजेटको योजना कार्यालय प्रमुखले कोटेशन मार्फत काम गराउन सक्ने प्रावधान रहेको भएपनि त्यो काम लक्षित वर्गको उच्चतम हितमा हुन जरुरी छ ।
नहरको माथिल्लो विभिन्न भागमा कमजोर ठाउँ रहेको र ती ठाउँहरुमा माटो र बोरा राखेर पानी ल्याउने काम भईरहेको छ, तर सरकारी बजेट भने अनावश्यक ठाउँमा लगाएर दुरुपयोग भएको उपभोक्ताहरुको आरोप छ ।कार्यालय प्रमुखको मनोमानीबाट काम हुँदा लक्षितवर्गको ठूलो हिस्सा सरकारी बजेटबाट बन्चित भएको उपभोक्ताहरुको गुनासो छ । सरकारी बजेट एक रुपैया भएपनि लक्षित क्षेत्रका नागरिकहरुको हक, अधिकार लाग्ने गर्छ तर, त्यहाँ के कति बजेटमा कसले काम गरिदैछ भन्ने पारदर्शितासमेत नभएको उनीहरुको भनाई छ ।
भुसुने–असारी जल उपभोक्ता संस्था नविकारण नभएको कारण कार्यालयले कोटेशनमार्फत काम गराएको जनाएको छ । संस्था नविकारण नभएपनि योजनाको तल्लो, मध्ये र माथिल्लो सबै भेगका उपभोक्ताहरुलाई पारदर्शीढंगले समेटेर काम नगराउदा विवाद समेत आएको छ ।
उपभोक्ताहरुको संस्था नविकरण नरहेको र तल्लो भेगको उपभोक्ताहरुबाट माग आएकोले कोटेशनमार्फत काम गरिएको र आगामी दिनमा माथिल्लो भेगको समस्यालाई हेरी काम गरिने कार्यालय प्रमुखको भनाई छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३