-
भक्तपुरको मध्यपुरथिमी क्षेत्रका बासिन्दाले आज हर्षोल्लासपूर्वक सिन्दूरजात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका हुन् ।
जात्राको अवसरमा स्थानीयले मध्यपुरथिमीको टोलटोलबाट खटमा विराजमान गराईएको विभिन्न देवीदेवताको मूर्तिलाई नगर परिक्रमा गराए । थिमिमा मात्र मनाइने यस जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोक्ने परम्परा छ ।
जात्राका लागि बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बुधबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो ।
बिहीवार बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि जात्रा शुरु भएको थियो । थिमिमा ३२ खट सहभागी रथ बोकेर परम्परागत रूपमा मनाउँदै आएको जात्रा अहिले नगदेश, बोडे, टिगनी, दक्षिण बाराही, निकोसेरालगायतमा स्थानमा पनि खटजात्राका साथ मनाइने गरिन्छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
सम्बन्धित शीर्षकहरु
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३





