-
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई स्वीकार गर्न नसकिने बताएका छन् । काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केही आयोजनाको निर्माणमा नियतवस नै ढिलाई गरेको देखिएको भन्दै ढिलासुस्तीलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।
उनले माथिल्लो तामाकोशी आयोजनामा पनि एक वर्षयता अस्वाभाविक ढिलाइ भइरहेको भन्दै सैह्य नहुने बताए । मुलुक असाधारण बिकासको बाटोमा अघि बढिरहेको तर्क गर्दै प्रधानमन्त्री ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु असाधारण उपलब्धि भएको दाबी गरे ।
कार्यक्रममा भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले डिजिटल नेपालको यात्रालाई सफल पार्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताईन् । उनले जनताको गुनासो नआउने गरि कर्मचारीले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा मेरो कित्ता सेवा लिने पहिलो ग्राहक काठमाडौँको महादेवस्थानस्थानकी कित्ता नम्बर १०३१ की जग्गाधनी दमन्ता ढुंगानालाई प्रधानमन्त्री ओलीले ‘मेरो कित्ता’ सेवा मार्फत प्रिन्ट गरिएको नक्सा हस्तान्तर गरे । ‘मेरो कित्ता’ मार्फत अब जग्गा धनीले जुनसुकै स्थानबाट पनि आफ्नो जग्गा हेर्न मिल्ने तथा आफैले प्रिन्ट गर्ने मिल्ने व्यवस्था मिलाईएको नापी बिभागले जनाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३