-
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई स्वीकार गर्न नसकिने बताएका छन् । काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केही आयोजनाको निर्माणमा नियतवस नै ढिलाई गरेको देखिएको भन्दै ढिलासुस्तीलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।
उनले माथिल्लो तामाकोशी आयोजनामा पनि एक वर्षयता अस्वाभाविक ढिलाइ भइरहेको भन्दै सैह्य नहुने बताए । मुलुक असाधारण बिकासको बाटोमा अघि बढिरहेको तर्क गर्दै प्रधानमन्त्री ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु असाधारण उपलब्धि भएको दाबी गरे ।
कार्यक्रममा भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले डिजिटल नेपालको यात्रालाई सफल पार्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताईन् । उनले जनताको गुनासो नआउने गरि कर्मचारीले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा मेरो कित्ता सेवा लिने पहिलो ग्राहक काठमाडौँको महादेवस्थानस्थानकी कित्ता नम्बर १०३१ की जग्गाधनी दमन्ता ढुंगानालाई प्रधानमन्त्री ओलीले ‘मेरो कित्ता’ सेवा मार्फत प्रिन्ट गरिएको नक्सा हस्तान्तर गरे । ‘मेरो कित्ता’ मार्फत अब जग्गा धनीले जुनसुकै स्थानबाट पनि आफ्नो जग्गा हेर्न मिल्ने तथा आफैले प्रिन्ट गर्ने मिल्ने व्यवस्था मिलाईएको नापी बिभागले जनाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२