-
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ ।
सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताउनुभयो । यसबाहेक जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।
सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ । यसबाहेक कुनैपनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताउनुभयो ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

सोमवार, भदौ ८, २०८३