• नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी त्यागेको जानकारी संसद सचिवालयलाई गराएको छ ।माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो । नेकपा एमाले प्रवेश गर्नुभएका बादलले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा आएको संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

    उहाले अहिले राष्ट्रियसभाको अधिवेशन सञ्चालन नभएको अवस्थामा सांसद पद खारेज भएको सूचना टाँस गरिने बताउनुभयो ।सांसद् पद खारेज भएको राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई जानकारी गराइने धमलाले बताउनुभयो ।यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।

4565