-
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम रोकथान र न्युनिकरणका लागि छिटै आवश्यक कार्ययोजना सार्वजनिक गर्ने भएको छ ।मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमाा आयोजत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना नियन्त्रण र रोकथामका लागि आवश्यक आचारसंहिता, मापदण्ड सहितको कार्ययोजना छिटै सार्वजनिक गरिने जानकारी दिनुभएको हो । सरकारले राष्ट्र, जनताको हितमा कार्ययोजना बनाउने उहाको भनाई छ ।
कोरोनाबाट जनतालाई कसरी बचाउने, कसरी सुरक्षित राख्ने भन्नेमा सरकारले सोच राखिरहेको उहाले बताउनुभयो । त्यस्तै उहाले लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहिता लगायत विषयमा सबैसँग छलफल गरेर टुंगोमा पुगिने बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रपति चूरे तराई मधेश संरक्षण बिकास समितिको अध्यक्षमा डा किरण पौडेललाई अध्यक्ष र सदस्यमा कमला गिरी शशिकुमार शर्मा, सुशिल ढकाल र भेषराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको उहाले बताउनुभयो । त्यस्तै बैठकले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिततर्फको ६० रोपनी जग्गामा नेफ्रोलोजी र युरोलोजी भवन र राष्ट्रिय रोग निदान केन्द्रका लागि स्वीकृति दिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
बैठकले बिज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय गरेको छ भने देशका केहि गाँउपालीकाका केन्द्र हेरफेर गर्न स्वीकृती दिने निर्णय पनि गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३