-
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम रोकथान र न्युनिकरणका लागि छिटै आवश्यक कार्ययोजना सार्वजनिक गर्ने भएको छ ।मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमाा आयोजत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना नियन्त्रण र रोकथामका लागि आवश्यक आचारसंहिता, मापदण्ड सहितको कार्ययोजना छिटै सार्वजनिक गरिने जानकारी दिनुभएको हो । सरकारले राष्ट्र, जनताको हितमा कार्ययोजना बनाउने उहाको भनाई छ ।
कोरोनाबाट जनतालाई कसरी बचाउने, कसरी सुरक्षित राख्ने भन्नेमा सरकारले सोच राखिरहेको उहाले बताउनुभयो । त्यस्तै उहाले लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहिता लगायत विषयमा सबैसँग छलफल गरेर टुंगोमा पुगिने बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रपति चूरे तराई मधेश संरक्षण बिकास समितिको अध्यक्षमा डा किरण पौडेललाई अध्यक्ष र सदस्यमा कमला गिरी शशिकुमार शर्मा, सुशिल ढकाल र भेषराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको उहाले बताउनुभयो । त्यस्तै बैठकले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिततर्फको ६० रोपनी जग्गामा नेफ्रोलोजी र युरोलोजी भवन र राष्ट्रिय रोग निदान केन्द्रका लागि स्वीकृति दिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
बैठकले बिज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय गरेको छ भने देशका केहि गाँउपालीकाका केन्द्र हेरफेर गर्न स्वीकृती दिने निर्णय पनि गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





