-
गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउन सफल भएको छ । काठमाडौंको कालोपुल क्षेत्रमा नदिले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो ।
धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गलाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए । यसरी भूमाफियाले जग्गको स्वामित्व परिवर्तन गर्दा स्थानीयले विरोध गरेपनि मातहतका कार्यालयले भूमाफियाको पक्षमा निर्णय गर्दा जग्गा माफियाको कब्जामा पुगेको थियो ।
२०७६ फागुन १३ गते सार्वोच्च अदालतले उक्त जग्गा सरकारको नाममा ल्याउने गरी फैसला गरेपछि मालपोत कार्यालयले २०७७ चैत्र २ गते सरकारको नाममा नामसारी गरेको छ । जग्गा फिर्ता भएपछि साइनबोर्ड (संकेत चिन्ह) राख्न पुग्नु भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाको कब्जामा पुगेका सबै सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने अभियान नै चलाइएको बताउनुभयो । देशका विभिन्न ठाउँमा अतिक्रमण भएका जग्गालाई सरकारको नाममा ल्याउने काम भइराखेको पनि बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा अतिक्रमण गरेर व्यक्तिको नाममा लगिएका देशभरका सबै जग्गालाई सरकारको नाममा ल्याउने बताउनुभयो ।
सो अवसरमा रातोपूल क्षेत्रका स्थानीयहरुले भने बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा हिनामिना गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।अतिक्रमणमा परेका जग्गालाई सरकारको नाममा ल्याउने क्रममा प्रक्रिया पु¥याउँदा केही ढिलो हुने गरेको भएपनि सबै अतिक्रमित जग्गालाई सरकारको नाममा ल्याउने अभियान शुरु भइसकेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२