-
गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउन सफल भएको छ । काठमाडौंको कालोपुल क्षेत्रमा नदिले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो ।
धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गलाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए । यसरी भूमाफियाले जग्गको स्वामित्व परिवर्तन गर्दा स्थानीयले विरोध गरेपनि मातहतका कार्यालयले भूमाफियाको पक्षमा निर्णय गर्दा जग्गा माफियाको कब्जामा पुगेको थियो ।
२०७६ फागुन १३ गते सार्वोच्च अदालतले उक्त जग्गा सरकारको नाममा ल्याउने गरी फैसला गरेपछि मालपोत कार्यालयले २०७७ चैत्र २ गते सरकारको नाममा नामसारी गरेको छ । जग्गा फिर्ता भएपछि साइनबोर्ड (संकेत चिन्ह) राख्न पुग्नु भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाको कब्जामा पुगेका सबै सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने अभियान नै चलाइएको बताउनुभयो । देशका विभिन्न ठाउँमा अतिक्रमण भएका जग्गालाई सरकारको नाममा ल्याउने काम भइराखेको पनि बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा अतिक्रमण गरेर व्यक्तिको नाममा लगिएका देशभरका सबै जग्गालाई सरकारको नाममा ल्याउने बताउनुभयो ।
सो अवसरमा रातोपूल क्षेत्रका स्थानीयहरुले भने बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा हिनामिना गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।अतिक्रमणमा परेका जग्गालाई सरकारको नाममा ल्याउने क्रममा प्रक्रिया पु¥याउँदा केही ढिलो हुने गरेको भएपनि सबै अतिक्रमित जग्गालाई सरकारको नाममा ल्याउने अभियान शुरु भइसकेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





