-
कपिलवस्तु । गोली हानी कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित जन्म कैद ठहर भएका एक फरार अपराधीलाई कपिलवस्तु प्रहरीले १२ वर्ष पछि पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा साविक जवाभारी गा.बि.स.वडा नं.२ हाल शिवराज नगरपालिका वडा नं.७ जवाभारी बस्ने ४० वर्षीय असलम मुसलमान रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तौलिहवामा आज पत्रकार सम्मेलन गरी फरार अपराधी असलमलाई सार्वजनिक गरिएको हो ।
पक्राउ परेका असलम उपर जिल्ला अदालत कपिलवस्तुले २०६९ जेठ २ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले कमाण्डको विशेष प्रहरी टोलीले यशोधरा गांउ पालिका वडा नंं. ७ को मर्यादपुरबाट पक्राउ गरेका थिए ।
पक्राउ परेका असलमले साविक शिवपुर गा.बि.स.वार्ड नं. ५ बस्ने ४२ वर्षीय बिश्वनाथ यादवलाई २०६५ साल साउन १४ गते रातको समयमा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना लगत्तै फरार भएका अलसलम १२ वर्ष देखि हाल सम्म फरार रहदै आएका थिए । कुनै पनि अराधमा संलग्न रही फरार सूचीका अपराधीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान संचालन गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
आफ्ना पतिको हत्यामा संलग्न रहेका मुख्य अपराधी १२ वर्ष पछि पक्राउ पर्दा हत्या गरिएका विश्वनाथ यादवकी पत्नी किरण यादव पति गुमाउंदाको पीडा भए पनि अपराधी पक्राउ प्रति निकै खुशी भएकी छिन् । विना कसुर आफ्ना पतिको हत्या गर्ने असलम उपर कडा कारवाही भई आफुहरुले न्याय पाएको उनले बताईन् ।पक्राउ परेका असलम सहित घटनामा संलग्न रहेका ११ जना मध्ये १० जना सवै पक्राउ परेका र एक जना अझै फरार अवस्थामै रहेको प्रहरीले जनाएको छ ।
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२