-
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको बाटोमा रहेको र सरकार राष्ट्र निर्माणको अभियानमा रहेको बताउनुभएको छ ।बिहीबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले धेरै बिग्रिएको देशलाई ट्रयाकमा ल्याउन केही समय लाग्ने भन्दै लुक समृद्धिको बाटोमा रहेको बताउनुभएको हो । सरकारले एउटा क्षेत्रको विकासमा मात्रै ध्यान नदिएको, हरेक क्षेत्रको विकासमा ध्यान दिइएको उहाले बताउनुभयो । उहाले सरकार अल्पकालीन र दिर्घकालीन बिकासको गतिमा अघि बढेको पनि धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकको बिकासको अभियानमा राजनीतिकर्मी र व्यापारीलाई इमानमा हिँड्न आग्रह पनि गर्नुभयो । ७० वर्षको इतिहास बोकेको चेम्बर निजी क्षेत्रको ‘पायोनियर संस्था’ भएको उल्लेख गर्दै उहाले देश विकासका लागि उद्योग क्षेत्रलाई अगाडि बढाउन जे जे आवश्यक छ, सरकार ती सबै काम गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
नेपालले अव आयातलाई भन्दा निर्यातलाइृ बढावा दिनुपर्ने र आवश्यक उत्पादन नेपालमा नै गर्नुपर्नेमा जोड दिनुभयो । फरक प्रसगमा उहाले पार्टीमा दुई अध्यक्ष हुँदा सरकार र पार्टी सञ्चालमा समस्या भएको भन्दै व्यवधानलाई पन्छाउदै अघि बढेको जिकिर गर्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्ने भन्दै भयावह अवस्था आए देशै ठप्प पार्ने अवस्था आउन सक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई धेरै धक्का नदिएको बताउनुभयो । त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र एक हुनुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

सोमवार, भदौ २९, २०८३