-
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली संसद छलेर भाग्न खोजेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा कांग्रेस सांसद गगन कुमार थापाले प्रधानमन्त्री संसद् छलेर भाग्न खोजेको भन्दै संसदमा आएर सांसदको प्रश्न फेस गर्न चूनौति दिनुभयो । उहाले सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक हातमा लिएर प्रधानमन्त्रीले संसद बाहिर मिथ्यांक प्रस्तुत गर्दै हिडेको आरोप पनि लगाउनुभयो । सरकारले गरेका कामका बारेमा पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल उद्घाटन गर्न र ती सकिएपछि बालुवाटारमा खाली रहेको जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न भन्दै उहाले व्यंग गर्नुभयो । त्यस्तै थापाले मेलम्चीको खानेपानी योजनामा विगत वर्षौंदेखि काम भइरहेको तर सरकारले भने पछिल्ल ५७ दिनमा मात्रै सबै काम भएका हुन् भनेझैं प्रचार गरिरहेको तर्क गनुृभयो । थापाले सरकारले जनता र राष्ट्रको आवश्यकता र प्राथमिकताको विषयमा केन्द्रित हुनुको साटो पुराना सडक र ठेक्कै नभएको आयोजनाको उद्घाटन र शिलान्यासमा ध्यान केन्द्रित गरेको आरोप पनि लगााउनुभयो ।
बैठकको बिशेष समयमा नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले सदनलाई बिजनेश नदिएर सदनका काम कारवाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिनुभयो । उहाले अदालतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपनि प्रधानमन्त्री ओली त्यसतर्फ अग्रसर नभएको आरोप लगााउनुभयो । मुलुक र जनताको आवश्यकताका आधारमा प्राथमिकीकरण गरी योजना छनोट गरी त्यस्ता नीति र कार्यक्रमको ठिक ढङ्गले कार्यान्वयन गर्न उहाले सुझाव दिनुभयो ।
बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि प्रश्न उठे सभामुखको भूमिकाप्रति पनि प्रश्न उठ्ने भएकाले प्रभावकारी भूमिका खेल्न सुझाव दिनुभयो ।
जनताले आशा गरेका विधेयकलाई अघि बढाउन प्रधानमन्त्री, मन्त्री वा सांसद कसले रोकेको छ भन्दै उहाले प्रश्न गर्नुभयो । सदनको कामलाई चुस्त र प्रभावकारी तुल्याउन सभामुखबाट पहलकदमीको खाँचो रहेको उहाको भनाइ छ ।
त्यस्तै एमालेकै सांसद महेश बस्नेतले प्रतिपक्षी र सरकारको समर्थन गरिरहेको दललाई केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको विकल्प खोजेमा आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभयो । वर्तमान सरकारले विभिन्न क्षेत्रमा व्यापक विकास गरेको, सुशासन कायम गरेको बस्नेतको भनाई छ ।
बैठकमाजसपाका लीलादेवी सिटौलाले पाँच वर्षका लागि जनताले दिएको विश्वासलाई अवज्ञा नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडाँै उपत्यकामा बढिरहेको अव्यवस्थित बसोबासलाई रोक्न प्रभावकारी कदम चल्न तथा म्यान्मारको विषयमा एकपक्षीय ढङ्गबाट मात्र नबुझ्न सरकारलाई सुझाव दिनुभयो ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३





