-
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली संसद छलेर भाग्न खोजेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा कांग्रेस सांसद गगन कुमार थापाले प्रधानमन्त्री संसद् छलेर भाग्न खोजेको भन्दै संसदमा आएर सांसदको प्रश्न फेस गर्न चूनौति दिनुभयो । उहाले सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक हातमा लिएर प्रधानमन्त्रीले संसद बाहिर मिथ्यांक प्रस्तुत गर्दै हिडेको आरोप पनि लगाउनुभयो । सरकारले गरेका कामका बारेमा पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल उद्घाटन गर्न र ती सकिएपछि बालुवाटारमा खाली रहेको जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न भन्दै उहाले व्यंग गर्नुभयो । त्यस्तै थापाले मेलम्चीको खानेपानी योजनामा विगत वर्षौंदेखि काम भइरहेको तर सरकारले भने पछिल्ल ५७ दिनमा मात्रै सबै काम भएका हुन् भनेझैं प्रचार गरिरहेको तर्क गनुृभयो । थापाले सरकारले जनता र राष्ट्रको आवश्यकता र प्राथमिकताको विषयमा केन्द्रित हुनुको साटो पुराना सडक र ठेक्कै नभएको आयोजनाको उद्घाटन र शिलान्यासमा ध्यान केन्द्रित गरेको आरोप पनि लगााउनुभयो ।
बैठकको बिशेष समयमा नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले सदनलाई बिजनेश नदिएर सदनका काम कारवाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिनुभयो । उहाले अदालतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपनि प्रधानमन्त्री ओली त्यसतर्फ अग्रसर नभएको आरोप लगााउनुभयो । मुलुक र जनताको आवश्यकताका आधारमा प्राथमिकीकरण गरी योजना छनोट गरी त्यस्ता नीति र कार्यक्रमको ठिक ढङ्गले कार्यान्वयन गर्न उहाले सुझाव दिनुभयो ।
बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि प्रश्न उठे सभामुखको भूमिकाप्रति पनि प्रश्न उठ्ने भएकाले प्रभावकारी भूमिका खेल्न सुझाव दिनुभयो ।
जनताले आशा गरेका विधेयकलाई अघि बढाउन प्रधानमन्त्री, मन्त्री वा सांसद कसले रोकेको छ भन्दै उहाले प्रश्न गर्नुभयो । सदनको कामलाई चुस्त र प्रभावकारी तुल्याउन सभामुखबाट पहलकदमीको खाँचो रहेको उहाको भनाइ छ ।
त्यस्तै एमालेकै सांसद महेश बस्नेतले प्रतिपक्षी र सरकारको समर्थन गरिरहेको दललाई केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको विकल्प खोजेमा आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभयो । वर्तमान सरकारले विभिन्न क्षेत्रमा व्यापक विकास गरेको, सुशासन कायम गरेको बस्नेतको भनाई छ ।
बैठकमाजसपाका लीलादेवी सिटौलाले पाँच वर्षका लागि जनताले दिएको विश्वासलाई अवज्ञा नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडाँै उपत्यकामा बढिरहेको अव्यवस्थित बसोबासलाई रोक्न प्रभावकारी कदम चल्न तथा म्यान्मारको विषयमा एकपक्षीय ढङ्गबाट मात्र नबुझ्न सरकारलाई सुझाव दिनुभयो ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





