-
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले सभा अन्त्य सम्बन्धी प्रदेश प्रमुख धर्मनाथ यादवको पत्र सभामा पढेर सुनाउनुभएको थियो ।
सभा अन्त्य गर्न सोमबारको मन्त्री परिषद्को बैठकले सिफारिस गरेको थियो । पछिल्लो समय नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपा मिलेर एमाले नेतृत्वको सरकार ढाल्ने तयारी रहेको चर्चा चलेको छ । यही बीच प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको हो । चैत १८ गतेबाट सुरू भएको सातौं अधिवेशन पांचवटा बैठक बसेर अन्त्य भएको सभामुख घर्तिले बताउनुभयो ।
त्यसअघि बैठकमा कांग्रेस र माओवादीका प्रदेशसभा सदस्यले आफुमाथिको अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्रीले संसदको अधिवेशन अन्त्य गरेको आरोप लगाएका थिए । त्यस्तै उनीहरुले मुख्यमन्त्रीले नै प्रदेशसभालाई कमजोर बनाउन खोजेको आरोप लगाए ।
बैठकमा नेकपा माओवादी केन्द्रको संसदीय दलको चैत १३ गतेको निर्णय अनुसार दल परित्याग गरेका रूपन्देहीको निर्वाचन क्षेत्र नं १ ख का दधिराम न्यौपाने र गुल्मीको निर्वाचन क्षेत्र नं २ ख का दिनेश पन्थीको पद रिक्त भएको जानकारी गराइएको थियो ।
दुवै प्रदेशसभा सदस्यले माओवादी परित्याग गरी प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीमा केन्द्रीय सदस्य बनेका छन् । दुई प्रदेशसभा सदस्य कारबाहीमा परेसँगै लुम्बिनी प्रदेशसभामा अब प्रदेशसभा सदस्यको संख्या ८५ भएको छ । माओवादी केन्द्रका २० सांसदबाट १८ जना भएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३