-
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले दोस्रो चरणको कोरोना महामारीलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले दोस्रो चरणको कोरोना महामारी नेपालमा भित्रन नदिन र रोकथामका लागि योजनाबद्ध रुपमा प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकले सहज रुपमा आम नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिन दिन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिनुभयो । त्यस्तै कोरोनाको दोश्रो चरणको महामारीलाई मध्यनजर गर्दै अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भीर बन्न पनि निर्देशन दिइएको सभापति घर्तिले बताउनुभयो ।
त्यस्तै कोरोना संक्रमण भएका र कोरोना संक्रमण नभएका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर प्रयोगमा ल्याउन पनि निर्देशन दिइएको उहाले बताउनुभयो ।
बैठकमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नागरिकलाई सहज रुपमा खोपको पहुचमा ल्याउनका लागि सरकारले अन्य देशसंग अनुमतिप्राप्त खोप भित्राइरहेको र यसलाई निरन्तरता दिने बताउनुभयो । उहाले कोरोनाको महामारीलाई रोक्न सिमा नाकामा स्वास्थ्य जाँचदेखि अन्य पूर्वाधारको कामका जोड दिएको धारणा राख्नुभयो ।
त्यस्तै समिति सदस्यहरुले भने यसअघिको कोरोना महामारीबाट पाठ सिक्दै दोश्रो चरणको महामारी फैलनुअघि नै सवै तयारी सक्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२

ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२