-
उपप्रधानमन्त्री ईश्वर पोख्रेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिदै गएको भन्दै त्यस विरुद्ध खबरदारी गर्न आव्हान गर्नुभएको छ ।
काठमाण्डौमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दे उहाँले पछिल्लो समय देखा परेका राजनीतिक विसंगति विरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो । स्वर्गीय रिमालले आफ्ना रचनाहरुमा सधै राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दे जबरजस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उहाँले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरु चुलिदै गएकाले त्यस विरुद्ध उभिनुपर्ने बताउनुभएको हो । उहाँले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिईकन “सपना देख्नेहरुलाई सराप्नेहरु पनि रहेको” भन्दै व्यंग्य गर्नुभयो ।
उहाँले भन्नुभयो “जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो , आज आफ्ना सपनाहरुको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर सपनाको मृत्यु हुनु त सबभन्दा डरलाग्दो कुरा हो । आज सपना देख्नेहरुलाई सराप्नेहरु पनि छन्। सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरु पनि छन् । तर गोपाल प्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुुहुन्थ्यो । उहाँले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गर्नुभयो । धावा बोल्नुभयो । राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरु प्रसस्त देखिन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु , विसंगतिहरु चुलिएका छन् । तर निरास हुनुहुदैन । त्यसको विरुद्धमा उभिनुपर्छ ।”
उहाँले राजनीतिक दलका अगुवाहरुमा विकसित हुदै गएको व्यक्ति केन्द्रीत स्वार्थ देखेर आफुलाई लज्जाबोध हुने गरेको बताउनुभयो । उहाँले राजनीतिक वृतमा अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो“राजनीतिक अगुवाहरुले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ । हामीले पाएनौ, मैले पाईनँ, पाउनुपर्ने । नेतृत्व पक्तिमा रहेका मान्छेहरुको यही कोलाहाल देखिन्छ । यसले एकखाले मान्छेलाई राजनीतिसंग वितृष्णा जगाउँछ ।”उहाँले मुलुकको सम्मुन्नत विकासका लागि राजनीतिक स्थायीत्व आवश्यक पर्ने र राजनीतिक स्थायीत्व नहुँदा देशले दुख पाउने भएकाले राजनीतिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध सबैले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो “आज पनि अनौठो कुरा के छ भने जनता बाट निर्वाचित भएको प्रधानमन्त्री, ती प्रधानमन्त्री बीचैमा हट्नुपर्छ भनेर बीचैमा धक्का मारेर हटाउन खोजिन्छ । गरेको के हो यो ? के हो त भन्दा म हुनुपर्यो । म हुन पाईनँ । लज्जाबोध हुन्छ । यो मनोरोगबाट ग्रस्त छौ हामी । राजनीतिक क्षेत्रमा देखा परेको विकृति विसंगति झांगिएर यसरी देखा परेको छ । यसको विरुद्धमा हामीहरुको खबरदारी जरुरी छ । ”स्वर्गीय रिमालका क्रान्तिकारी कविताको प्रभावका कारण नै आफु सानै देखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दे उहाँले अझै पनि आफुले जीवनलाई बुझिनसकेको बताउनुभयो । उहाँले जीवनको रंग हरियो निलो हुनुपर्नेमा खैरोखैरै भएर चलिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “म कम्युनिष्ट पार्टीमा लागेको कति बुझेर कति नबुझेर । सानै उमेरमा हो ।मैले रिमालजीका तिनै केही कविताहरु, रिमालले लेख्नुभएका कतिपय क्रान्तिकारी भाव झल्किने कुराहरुले मलाई छोएको हो । सुरुमा म कम्युनिष्ट पार्टीमा लाग्दा सम्पुर्ण रुपमा घर छोडेर हिड्दा २१ बर्षको पुगेर २२ बर्ष लागेको थिएँ । वास्तवमा त्यो भावनाको पक्ष हो । त्यो प्रवल थियो । सारको कुरा त्यत्ति थिएन । अहिले म बुझ्छु । त्यसबेलादेखि म यसमै लागिरहेको छु तर यसमा लाग्दाखेरी यो जीवनको रंग त हरियो हुनुपर्ने, निलो हुनुपर्ने, खैरो खैरै भएर चलिरहेछ । त्यसकारणले मैले वास्तवमा जीवनलाई बुझ्नका लागि धेरै कुराहरु बाँकी छन् भन्ने म ठान्छु । ”
उहाँले स्वर्गीय रिमाललाई आफुले क्रान्ति आमन्त्रण गर्ने एउटा स्वप्नदर्शी व्यक्ति र आधुनिक प्रर्वतकको रुपमा चिनेको बताउनुभयो । आफ्ना रचनाका कारण अहिले पनि कालजयी विचारमा बाँचिरहेको उल्लेख गर्दे उहाँले रिमालको सामाजिक, शैक्षिक , साहित्यीक जागरणमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा स्वर्गीय रिमालकि पत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो । वरिष्ठ पत्रकार टंक पन्तद्धारा सम्पादित पुस्तक “गोपालप्रसाद रिमाल” पत्रकार गोविन्द प्रसाद दुलालले लेख्नुभएको हो ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२