-
नुवाकोटका जनप्रतिनिधि र सरोकारवालाले काठमाडौंको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापन गर्नको लागि अपिल गरेका छन् ।उनीहरुले राज्यले दिर्घकालिन नीति अपनाएर उक्त समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हितबहादुर तामाङले काठमाडौं उपत्यकाका ४० लाखलाई प्रभावित पार्ने फोहोर मैलाको व्यवस्थापन गर्ने कुरा सानो कुरा नभएको बताउनुभयो । उहाले सरकार र सिस्डोल बञ्चरे डाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिबीच भएको सहमति सकारात्मक भएपनि उक्त सहमति आंशिक मात्रै भएको प्रतिक्रिया दिनुभयो । फोहोरमैला व्यवस्थापन गर्न दिईएवापत स्थानीयले राज्यबाट पर्याप्त राहतसमेत नपाएको उहाको भनाई छ ।
कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले २०६२ सालमा सरकार र स्थानीयबीच जे सहमति भएको कुरा अहिलेको सहमतिमा उल्लेख नगरिएको गुनासो गर्नुभयो । विगत १६ वर्षदेखि निरन्तर फोहोर फाल्ने काम भएको तर अहिलेसम्म सम्झौता भने कार्यान्वयन नभएको पनि केसीले बताउनुभयो ।
कार्यक्रममा सिस्डोल बञ्चरे डाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुंगानाले आफूहरु विगत लामो समयदेखि एउटै समस्याको लागि काठमाडौंका विभिन्न सरोकारवाला निकाय धाउन बाध्य भएको बताउनुभयो । यसअघि आफूहरुले फोहोर फाल्न रोक लगाएको भएपनि काठमाडौं उपत्यकामा फोहोर बढेपछि र समय पनि चैत्र मास भएकोले संयमतता अपनाएको र पूनः फोहोर व्यवस्थापनको लागि सुचारु गरिदिएको उहाले बताउनुभयो ।
News Desk 0 response आइतवार, चैत्र २२, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३