-
नुवाकोटका जनप्रतिनिधि र सरोकारवालाले काठमाडौंको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापन गर्नको लागि अपिल गरेका छन् ।उनीहरुले राज्यले दिर्घकालिन नीति अपनाएर उक्त समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हितबहादुर तामाङले काठमाडौं उपत्यकाका ४० लाखलाई प्रभावित पार्ने फोहोर मैलाको व्यवस्थापन गर्ने कुरा सानो कुरा नभएको बताउनुभयो । उहाले सरकार र सिस्डोल बञ्चरे डाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिबीच भएको सहमति सकारात्मक भएपनि उक्त सहमति आंशिक मात्रै भएको प्रतिक्रिया दिनुभयो । फोहोरमैला व्यवस्थापन गर्न दिईएवापत स्थानीयले राज्यबाट पर्याप्त राहतसमेत नपाएको उहाको भनाई छ ।
कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले २०६२ सालमा सरकार र स्थानीयबीच जे सहमति भएको कुरा अहिलेको सहमतिमा उल्लेख नगरिएको गुनासो गर्नुभयो । विगत १६ वर्षदेखि निरन्तर फोहोर फाल्ने काम भएको तर अहिलेसम्म सम्झौता भने कार्यान्वयन नभएको पनि केसीले बताउनुभयो ।
कार्यक्रममा सिस्डोल बञ्चरे डाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुंगानाले आफूहरु विगत लामो समयदेखि एउटै समस्याको लागि काठमाडौंका विभिन्न सरोकारवाला निकाय धाउन बाध्य भएको बताउनुभयो । यसअघि आफूहरुले फोहोर फाल्न रोक लगाएको भएपनि काठमाडौं उपत्यकामा फोहोर बढेपछि र समय पनि चैत्र मास भएकोले संयमतता अपनाएको र पूनः फोहोर व्यवस्थापनको लागि सुचारु गरिदिएको उहाले बताउनुभयो ।
News Desk 0 response आइतवार, चैत्र २२, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२