-
नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रको मतभदेको बारेमा छलफलमा आउन आग्रह गर्नुभएको छ ।
पार्टी भित्र आन्तरिक विवाद चर्किदै जाँदा नेता नेपालले आइतबार काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विवाद समाधानका निम्ति छलफलमा आउन सार्वजनिक रुपमा आग्रह गर्नुभएको छ । समस्याको समाधान बैठकबाट खोज्नुपर्ने उहाँले बताउनुभयो । आफु अनुकुल नहुँदा बैठक नै नराख्ने प्रवृत्ति ओलीसँग रहेको भन्दै ओलीलाई सुधार्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘कुनै कुरामा मतभेद छ भने आउनुहोस्, बसेर बहस गरौं । छलफल गरौँ । तर छलफल गर्न बहस गर्न त पार्टी चाहियो । बैठकमा त बस्नुप¥यो । कुनै समस्याको समाधान खोज्नु छ भने बस्नु त प¥यो । बस्नका लागि संगठन चाहियो । संगठनको बैठक चाहियो । बैठकमा उपस्थित हुनुप¥यो ।’
नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पार्टी कमिटी २०७५ साल जेठ २ गतेको अवस्था अगाडीबाट चलाउनुपर्ने बताउनुभयो । त्यसबेलाको संगठनात्मक संरचनालाई यथावत् राखेर र पदाधिकारीहरुलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले पनि भनिरहेका छौँ पुरानो ठाउँमा आउनु भनेको के हो त ? २०७५ साल जेठ २ गतेमा जानु भनेको विघटन गरिएको पार्टीलाई फेरी ब्युताउनु हो । त्यो बेलाको संगठनात्मक संरचनालाई यथावत राख्नु, जो जो नेतृत्वमा थिए उसलाई स्वीकार गर्नु, जो जो पदाधिकारी थिए उसलाई मान्नु । जो जो सदस्य थिए त्यसलाई स्वीकार गर्नु यही होइन र ? तर उहाँले स्वीकार गर्न चाहानुभएन । एकलौटी रुपमा मनपरी ढंगले आफुसँग सहमत नभएका व्यक्तिहरुलाई फाल्न थाल्नुभयो ।’
नेता नेपालले आफुहरु चुप लागेर नबस्ने बताउनुभएको छ । नवौँ महाधिवेशनमा थोरै मत अन्तरले मात्रै आफु ओलीसँग पराजित भएको स्मरण गराउँदै उहाँले अझैपनि आफुहरुको ४२ जिल्लामा बर्चश्व रहेको र तल्लो कमिटीमा बहुमत रहेको जिकिर गर्नुभयो ।
News Desk 0 response आइतवार, चैत्र २२, २०७७
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३