-
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् । शुक्रबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले ढुंगेधाराको टुटी खोलेर खानेपानी वितरण कार्यको उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्चपदस्त कर्मचारी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । यही चैत १५ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न थालिएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले शुक्रबार बिहान ५ बजेबाट बालाजु पोखरीबाट समेत पानी वितरण थालेको छ ।
यसअघि पहिलो चरणमा काठमाडौँका चावहिल, महांकाल, मीनभवन, अनामनगर र खुमलटार लगायतका स्थानमा मेलम्चीको पानी वितरण गरिएको थियो । केएलकेयूका अनुसार पहिलो चरणमा दैनिक चार करोड लिटर पानी ल्याइएकोमा अहिले दैनिक साढे आठ करोड लिटर पु¥याइएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३