• राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् । शुक्रबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले ढुंगेधाराको टुटी खोलेर खानेपानी वितरण कार्यको उद्घाटन गरेकी हुन् ।

    कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्चपदस्त कर्मचारी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । यही चैत १५ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न थालिएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले शुक्रबार बिहान ५ बजेबाट बालाजु पोखरीबाट समेत पानी वितरण थालेको छ ।

    यसअघि पहिलो चरणमा काठमाडौँका चावहिल, महांकाल, मीनभवन, अनामनगर र खुमलटार लगायतका स्थानमा मेलम्चीको पानी वितरण गरिएको थियो । केएलकेयूका अनुसार पहिलो चरणमा दैनिक चार करोड लिटर पानी ल्याइएकोमा अहिले दैनिक साढे आठ करोड लिटर पु¥याइएको छ ।

4565