-
उपभोक्ता हितसँग सरोकार राख्ने विभिन्न विभागका महानिर्देशकहरुले जनशक्ति अभावका कारण प्रभावकारी बजार अनुगमन गर्न नसकेको गुनासो गरेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपभोक्ता हकहित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धी विषयमा छलफल गर्न उपस्थित भएका महानिर्देशकहरुले यस्तो गुनासो गरेका हुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बजार नियमन र अनुगमनका लागि विभागको अहिलेको संरचना प्रयाप्त नभएको बताउनुभयो । तरपनि बजार अनुगमनका लागि अहिले विभागसँग भएको जनशक्तिलाई दैनिक रुपमा परिचालन गरिएको बताउनुभयो । काठमाडौं उपत्यकाभित्र साढे चार लाख पसल र व्यवसाय दर्ता भएको र विभागले दैनिक निकाल्ने १० जनाको टोलिले नियमित अनुगमन गर्दा समेत नभ्याउने बताउनुभयो ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले पनि विभागसँग कम जनशक्ति भएकाले बजार अनुगमनलाई नियमित गर्न नसकिएको बताउनुभयो । अहिले देशभर २५ हजार औषधि पसल र ४ सयको संख्यामा उद्योग रहेको तर विभागसँग ६० जना मात्रै कर्मचारी रहेकाले अनुगमन प्रभावकारी बनाउन नसकिएको बताउनुभयो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले विभागबाट भ्याटबिल जारी गरे नगरेको, सही मूल्य राखे नराखेको सम्बन्धमा अनुगमन हुने गरेको बताउनुभयो । पछिल्लो समय विकास गरिएको सेन्ट्रल बिलिङ मोनिटरिङ सिस्टमबाट समेत बिलको विवरण हेर्न सकिने भएकाले बजारमा बिल अनुगमन प्रभावकारी बनेको बताउनुभयो ।
भन्सार विभागका निर्देशक शिशिर घिमिरेले भन्सारमा गरिने मूल्य निर्धारण उपभोक्ता हितसँग जोडिने भएकाले विभाग सचेत रहेको बताउनुभयो । भन्सारमा मूल्य निर्धारण गर्दा राजस्व चुहावट नहोस भन्ने तर्फ विभागले ध्यान दिनेगरेको बताउनुभयो । यस्तै समान प्रकृतिका बस्तुको मूल्यमा एकरुपता कायम गर्न कारोबार मूल्यलाई मान्यता दिने गरिएको तर यस्तो मूल्यमा धेरै फरक परेमा विभाग आफैले मूल्य निर्धारण गरिदिने गरेको बताउनुभयो ।बैठकमा सांसदहरुले बजार अनुगमनलाई पहिलो प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३