-
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दृढ इच्छाशक्ति र तत्परताका कारण मेलम्चीको पानी काठमाडौंमा आइपुगेको बताउनुभएको छ ।शुक्रबार मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यको समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारको दृढ इच्छा शक्ति र तत्परताको कारण मेलम्ची खानेपानी आयोजना सम्पन्न भएको बताउनुभएको हो ।
नयाँ वर्ष २०७८ सालको पूर्वसन्ध्यामा मेलम्ची खानेपानी आयोजना काठमाडौंबासीलाई उपहार हुन पुगेको पनि बताउनुभयो । राष्ट्रपति भण्डारीले मेलम्चीको खानेपानी काठमाडौं ल्याउन परिकल्पना गर्ने पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि स्मरण गर्नुभएको छ । उहाँले भन्नुभयो ‘यस अवसरमा म मेलम्ची आयोजनाका परिकल्पनाकारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
मुलुकमा प्रजातन्त्रको पुनस्थापनापछि तत्कालिन प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी काठमाडौंमा ल्याई वितरण गर्ने सार्वजनिक प्रतिबद्धता जायर गरेपछि यो आयोजना कार्यान्वयन गर्नका लागि प्रेरणा मिल्यो । केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको दृढ इच्छा शक्ति र तत्परताका कारण यो आयोजना सम्पन्न भएको छ । नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा नेपालको प्राचिन सांस्कृतिक शहर र राजधानी काठमाडौंबासीलाई यो आयोजना एक उपहार हुन पुगेको छ ।’
राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनामा हासिल गरेका सिकाइबाट शिक्षा लिदैँ आगामी दिनमा ठुला पूर्वाधारहरुको तर्जुमा गर्न सबै पक्ष सचेत बन्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा खानेपानीको क्षमतालाई बढाउन याङ्ग्री र लार्केको पानी २०८१ सालसम्ममा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो ‘आज साढे ८ करोड लिटर काठमाडौंमा वितरण भइरहेको छ ।
अब यसलाई बढाउँदै लगेर अहिलेको क्षमता भनेको १७ करोड लिटर हो । त्यस क्षमतासम्म पु¥याइनेछ । तर यही टनेलबाट पानी आउने हो याङ्ग्रीको पनि, लार्केको पनि । १७÷१७ करोड लिटर यसै टनेलबाट आउने हो । त्यसकारण अब हाम्रो तदरुकताको हिसाबले पनि अनावश्यक लामो समय लिन सक्दैन । मलाई लाग्छ सायद २०८१ साल नयाँ वर्ष शुरु गर्दा अब ३ वर्षपछि याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा झार्न सक्ने हुन्छौँ । त्यसपछि काठमाडौंको वितरण कार्य पुरा हुनेछ ।’
प्रधानमन्त्री ओलीले पुनस्थापित संसदले काम गर्न नसकेको र संसदलाई तानातानको थलो बनाइएको टिप्पणी समेत गर्नुभयो । संसदलाई दलका व्यक्तिहरुको स्वार्थमा तानातानको थलो बनाउनु नहुने बताउनुभयो ।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३