-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिने बताउनुभएको छ । बिहीबार मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तर सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले दुरसञ्चार सेवा सम्बन्धी समस्याहरुको समाधान गर्दै गुनासाहरुको अन्त्य गरिने बताउनुभएको हो ।
आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेको लगायतका समस्याहरु बोकेर सांसदहरु नै मन्त्रालय धाइरहनुपर्ने अवस्था रहेको भन्दै मन्त्री गुरुङले त्यस्ता समस्याहरु सँधैका लागि अन्त्य गरिने बताउनुभयो । गुनासो समाधानका लागि दुरसञ्चार सम्बन्धी सबै सरोकारवाला एकैठाउँमा बसेर समिक्षा गर्नुपर्ने पनि मन्त्री गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘जनताबाट प्रत्यक्ष निर्वाचित माननियज्यूहरुको नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सञ्चार मन्त्रालय, सेवा प्रदायकहरु र प्राविधिकहरु सबैले संयुक्त बसेर समिक्षा गरौँ । सेवा त पुगेको छ । हामीले काम त गरेका छौँ । हाम्रा बजेटहरु पनि कार्यान्वयन भएको छ । तर त्यो कामले जनताकोबीचमा, प्रत्यक्ष सेवा प्रदायककाबीचमा त्यो सेवा पुगेको हो कि होइन, सेवा गुणस्तर छ कि छैन यसको प्रत्यक्ष सार्वजनिक रुपमा समिक्षा गरेर सार्वजनिक सुनुवाई पनि गरौँ । माननियज्यूहरुले बेला बेलामा यो गाउँमा टावर पुगेन, यहाँ हाम्रो इन्टरनेट सेवा पुगेन र हामीलाई दुरसञ्चार सेवाको गुणस्तर भएन भन्ने माननियज्यूहरुको गुनासो पनि रहिरहने । यो गुनासो निरन्तर भइराख्ने, माननियज्यूहरु जहिलेपनि गुनासो बोकेर मन्त्रालयमा धाइरहनुपर्ने यस्तो परिस्थितिको अन्त्य पनि गरौँ ।’
मन्त्री गुरुङले टावर निर्माणको लागि ठेक्का भएर पनि काम हुन नसकेको ठाउँको समिक्षा गर्ने बताउनुभयो । टावर बनाउनुपर्ने आवश्यकता रहेको ठाउँमा टावर स्थापनाको लागि योजना बनाउने पनि बताउनुभयो ।
News Desk 0 response बिहिबार, चैत्र १९, २०७७
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२