धनकुटा । भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाको धनकुटामा विधिवत रूपमा कार्यालय उद्घाटन गरिएको छ । संघीय सांसद राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यता एवं भुमी आयोगका केन्द्रिय अध्यक्ष देबि प्रसाद ज्ञवालिको बिशिष्ट आतिथ्यतामा उक्त कार्यालय उद्घाटन गरिएको हो । माघ १५ गते प्रधानमन्त्री केपि शर्मा ओलिको अध्यक्षतामा सम्पन्न मन्त्री परिषदको निर्णय अनुरूप भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाका पदाधिकारीहरूले सपथ ग्रहण गरिसकेको समितका अध्यक्ष नैन विश्वकर्माले जानकारी दिनुभयो । उहाँहरूलाई गत माघ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलिको प्रमुख आतिथ्यतामा भुमी आयोगका केन्द्रिय अध्यक्ष देबि प्रसाद ज्ञवालिले सपथ ग्रहण गराउनु भएको भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाका भुमि विज्ञ सावित्रा राईले जानकारी दिनुभयो । सपथ ग्रहण गरेसँगै धनकुटा जिल्लामा अनौपचारिक हिसाबले धेरै कामहरू अगाडि बढी रहेकाले धनकुटा जिल्लामा जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको कार्यालयको औपचारिक रूपमा उद्घाटन गरिएको भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष नैन विश्वकर्माले जानकारी दिनुभयो । यसका साथै जिल्लास्तरीय सरोकारवालाहरुको लागि अभिमुखिकरण समेत भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा केन्द्रिय सदस्य गोपाल गुरागाई, प्रदेश नंम्वर एक का प्रदेश सदस्य, धनकुटा जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, प्रशासकिय प्रमुख, जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, रेडक्रसलगायतको सहभागितामा सम्पन्न कार्यक्रमको केन्द्रिय समितिले सहजीकरण गरेको थियो । अब भूमी सम्बन्धि समस्या समाधान आयोग धनकुटाका गतिविधिहरु तिब्र रुपमा अगाडी बढाउने गरि कार्ययोजना बनेकाले सोही अनुसारले समितिले काम अगाडि बढाएको छ । भरखरै मात्र साँगुरीगढी गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ भने २० गते चौविसे गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम गर्ने तयारि भएको आयोगले जनाएको छ ।