-
होलीका दिन भाला प्रयोग गरी इटहरी २ बेलगाछी बस्ने केशव कार्कीको हत्या गरि फरार रहेको आरोपमा पक्राउ परेका कान्छा रेग्मी भन्ने जिवनाथ रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीले सार्वजनिक गरेको छ ।
आफ्नै घरमा टिभी हेरि रहेको समयमा कार्कीलाई कोखामा भाला प्रहार गरी घाइते वनाई फरार भएका रेग्मीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । कार्कीलाई भाला हानी फरार भएका रेग्मीलाई प्रहरीले इटहरी २मा रहेको कृषि अनुसन्धान निर्देशनालय तरहरा परिसरमा लुकीछीपी बसेको अवस्थामा प्रहरी पक्राउ गरी रेग्मीलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले जानकारी दिए ।
भाला प्रहारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । त्यसै गरी इटहरी प्रहरीले गत वर्ष साउनमा इटहरी १०का कृष्ण ढकाललाई कुटपीट गरी हत्या गरेर फरार भएका सोही ठाउँका सुभाष चौधरी र मदन थापा आफै गत १५ गते इकाला प्रहरी कार्यालय इटहरीमा आएको समेत केसीले वताए । हत्याको आरोप लागेका चौधरी र थापालाई सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्न र अनुसन्धान गर्ने अनुमति लिएर अनुसन्धान गरिरहेको समेत प्रहरी नायव उपरिक्षक केसीले जानकारी गराए ।
News Desk 0 response बुधबार, चैत्र १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२