-
सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र)ले गर्यो निवेदन दर्ता नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र)ले पुनरावलोकनको लागि निवेदन दर्ता गरेको छ । दर्ता गरेपछि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन गरेर यथार्थ सार्वजनिक हुने बताएकाछन् ।
उनले रिट निवेदकले नाम मात्रको विषयमा निवेदन दिएकोमा अदालतले रिट बाहिर गएर निर्णय गरेकोमा यथार्थ सार्वजनिक गर्न पुनारावलोकन हुने विश्वास व्यक्त गरेकाछन् । एकता भैसकेको दल विभाजित हुने किसिमको अदालतको कदम अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रवृतिको भएको बताउँदै पुनरावलोकनको लागि शीर्षस्थ नेताहरू नै अदालत पुगेका थिए ।
मंगलबार विहान ११:४० बजे सर्वोच्च अदालतमा पुनरावलोकनको लागि निवेदन दिन सर्वोच्च अदालतमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्षस्थ नेताहरू सर्वोच्च अदालतमा पुगकाहुन। अदालत पुग्नेहरुमा उनीसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणी पोखरेल, वर्षामान पुन, पम्फा भुसाललगायतको सहभागीता रहेको थियो । सर्वोच्च अदालतले गत फागुन २३ गते एकता बदर गरिदिएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो । आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३