-
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको टिप्पणी गरेकाछन् । मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतमा गएर एमाले र माओवादी एक नहुने समेत बताए । पार्टी फुटको बिषयमा अदालत नभइ निर्वाचन आयोग जान पनि उनले सुझाव दिए । ओलीले आफू नेतृत्वको सरकारले जनपक्षीय काम गर्दा हटाउन खोजेको आरोप लगाए ।
विकास र जनताका पक्षमा राम्रा काम गरेकाले विपक्षी आत्तिएको र हटाउन खोजेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा संकट परेकोलाई देशमा संकट पर्यो भन्न नहुने धारणा राखे । ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा संकट नपरेको जिकिर गर्दै चुनाव भएर संकट पर्ने हो भने २० महिनापछि देशमा संकट पर्ने हो भन्दै प्रश्न गरे । उनले आगामी आर्थिक वर्षबाट वृद्धभत्ता बढ्ने जानकारी दिए ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले ७० वर्षसम्म लडेर ल्याएको लोकतान्त्रिक प्रणाली, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी गणतन्त्र एकपटक अदालतबाट बचेको बताए । उनले अहिले नैतिक पतनको बाटोमा देशलाई अघि बढाईएको भन्दै सरकारको भूमिकाको आलोचना गरे । त्यस्तै जसपाका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा सबैलाई डेमोक्रेसी हो भने मधेशी र थारुहरु किन अहिलेसम्मपनि जेलमा भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनको लागि आग्रह गरेको उनले बताए । त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो संघीयता र समावेशितामाथि नै ग्रहण लाग्न लागेको हो कि भन्ने देखिएको बताए । संविधान नै धरापमा पर्ने हो कि भन्ने आशंका सबैतिरबाट उठेको भन्दै उपलब्धि जोगाउनुपर्नेपनि यादवको भनाई छ ।
वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन् । अवसरमा एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो । यस्तै रु ५० हजार राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरियो ।
‘तारणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुररुस्कार’ संयुक्त रुपमा रेडियो नेपालका पत्रकार डा नवराज लम्साल र नेपाल टेलिभिजनका पत्रकार शालिक सुवेदीलाई प्रदान गरियो ।‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकारबाट डिसी नेपालका सहसम्पादक मदन कोइराला, प्राइम टाइम टेलिभिजनका सहसम्पादक दीपक अर्याल, सरोकार टेलिभिजनका क्यामेराम्यान दुर्लभ थापा लगाएत सम्मानीत भएका थिए ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३

शनिबार, बैशाख १९, २०८३