• नेपालमा सुख्खा मौषम अर्थात चैत महिना लागेसँगै देशभरका जङ्गलहरुमा डढेलो लाग्ने क्रम समेत बढ्ने गर्छ । वन तथा भू संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याँक अनुसार अहिले देशभरका वनहरुमध्ये ५६ वटा जिल्लाका ५ सय २३ ठाउँमा डढेलो लागिरहेको छ ।

    पर्सामा मात्र ६० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ भने मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो लागिरहेको छ । तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्य तराई तथा केही पहाडी भेगमा डढेलो निकै फैलिएकोले सतर्क रहन समेत विज्ञहरूले चेतावनी दिएका छन् । शनिबार देखि बढेको वायु प्रदूषणको मुख्य कारण पनि डढेलो नै रहेको वातावारण विभागका प्रवक्ता इन्दुबिक्रम जोशीले दावी गरेकाछन् ।

    वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सावधानी अपनाउन आग्रह गरेको छ । यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागले जनाएको छ । नेपालमा सामान्यतया चैतदेखि जेठसम्म बढी आगलागी तथा डढेलो लाग्ने गर्छ ।

4565