-
अहिले ठूला ठूला रंगशालाहरु शहर केन्द्रित भईरहेका छन् । तर अबको केहि वर्षपछि शहरी कोलाहलबाट मुक्त ठाउँमा खेलकूदको रौनक बढ्ने र दर्शक पनि आकर्षित हुने विश्वासका साथ पोखरा महानगरपालिकाले १६ सय ५० मिटरको उचाईमा फुटबल मैदान निर्माण थालेको छ ।
मैदानको शनीबार एक कार्यक्रमबीच शिलान्यास गरिएको हो । पोखरा महानगरका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले मैदानको शिलान्यास गरे ।“ सेमी हाई अल्टिच्यूड” खेल मैदान का रुपमा निर्माण गर्न लागिएको यो मैदान समुन्द्री सतहबाट १६ सय ५० मिटरको उचाईमा बन्ने भएकाले यसको आफ्नो छुट्टै विशेषता रहने महानगरको विश्वास छ । खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेस्यका साथ खेल मैदान निर्माण गर्न थालिएको महानगरका मेयर मानबहादुर जिसीले बताए ।
मैदान निर्माणका लागि प्राविधिक तयारी पनि पूरा गरिएको छ । करिब १६ करोड लागत लाग्ने यो मैदान सम्म्याउनका लागि महानगरले यस वर्ष रु ४० लाख विनियोजन गरिसकेको छ भने वर्षेनी यसमा आवस्यक बजेट विनियोजजन गरिने महानगरपालिका योजना महाशाखा प्रमुख, ईन्जिनियर शारदामोहन काफ्ले बताउँछन् ।
एक दशकअघि मेला र महोत्सव गर्ने खुला चौरमा अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदान निर्माणका गर्न लागि स्थानीयबासी पनि कस्सिएर लागेका छन् । शिलान्यास कार्यक्रम चलिरहँदा स्थानीयहरुले पञ्चे बाजा सहित मैदान निर्माणको स्वागत गरे ।
आँटीघर मौजाको थाप्लोमा रहेको यो मैदान भन्दा उत्तर तर्फ आवस्यक अरु पनि जग्गा भएकाले मैदानका लागि जग्गाको अभाव नहुँने उनीहरुको विश्वास छ । फुटबल मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने उनीहरुको भनाई छ । गाउँमा पर्यटन प्रर्वद्धन तथा खेल क्षेत्रको समेत विकासमा थप टेवा मिल्ने स्थानीय शुसिल बस्नेत बताउँछन् ।
यसअघि पोखरा महानगरपालिकाले आफनो पाँचौ नगरसभा मार्फत मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्ने योजना अघि सारेको थियो । एक हजार सात सय मिटरको उचाईमा रहेको यो खेल मैदानमा इलेभन ए साईड फुटबल खेल्न मिल्नेगरी संरचना निर्माण गरिने छ । मैदानसँगै त्यहाँ करीब ३ हजार दर्शक अटाउने क्षमताको प्राकृतिक प्याराफिटसमेत निर्माण गरिने वड नं २० का अध्यक्ष सिम गुरुङले बताए । त्यस्तै, खेलाडीका लागि चेञ्जिङ रुम, शौचालयलगायतका संरचनापनि निर्माण गरिनेछ । सो मैदानको दक्षिणी भागमा बास्केटबल र भलिवल कोर्टसमेत बनाईनेगरी डिपीआर तयार भएको छ ।
उत्तरमा लहरै खुलेका हिमालको काखैमा रहेको यो मैदानमा कुनेपनि खेल खेल्न पाउँदा खेलाडीहरुलाई समेत छुट्टै अनुभव हुनेछ । मैदान शिलान्यास हुनुमात्र ठूलो कुरा होईन, यसलाई निर्धारित समयभित्रै निर्माण पूरा गर्न सकिएमा पोखरा साँच्चैनै खेलकूद र पर्यटनको शहरका रुपमा विकास भई समग्र पोखराकै गौरवको विषय हुनेछ ।
News Desk 0 response शनिबार, चैत्र १४, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३