• शुक्रबारदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढेको छ । हावामा धूलोका कण तथा धुवा समेत मिसिएपछि वायुको स्तर निकै खस्किएको हो । शुक्रवारदेखि बिग्रिएको वायु प्रदूषण अझै केहि दिन रहन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    काठमाडौ लगायत देशभरको वायुको स्थिति समय समयमा निकै हानीकारक हुने गरेको छ । शुक्रवार पनि काठमाडौं लगायत देशका विभिन्न स्थानको वायुको स्थिति निकै हानीकरक सूचकांकमा पुग्यो । राष्ट्रिय मापदण्ड अनुसार एर क्यालेटि इन्डेक्स एयूआईको मात्रा प्रतिघनमिटर ४० माइक्रो ग्राम रहेको छ । तर शुक्रवार काठमाडौं सहित देशका विभिन्न स्थानको वायुको स्थिति यति खराब बन्यो की स्वास्थ्य मन्त्रालयले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कीन भन्दै विज्ञप्ती नै जारी ग¥यो । काठमाडौको वायु प्रदुषणको अवस्था हेर्दा शनिवार पनि वायुप्रदुषण खतराकै सूचीमा छ । साथै अझै केहि दिन वायुको अवस्था राम्रो नहुने स्वास्थ्य मन्त्रालयको भनाई छ ।

    वायु प्रदुषणले स्वास्थ्यमा निकै असर गर्ने गर्दछ । विभिन्न अध्ययनहरुका अनुसार वायु प्रदुषणका कारण मानिसको करिब ३ वर्ष आयु कम हुने समेत देखिएको छ । वायु प्रदुषणले फोक्सोका रोगहरू, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात समेत निम्तिने गर्दछ । शुक्रवारबाट विग्रेको वायुले स्वास्थ्यमा पार्ने नकारात्मक असरबाट जोगिन अत्यआवश्यक बाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ ।

    पानी नपर्ने र धुलोका कण वायुमण्डलमै रहने भएकाले यो समयमा वायुको स्थिति विग्रने गर्दछ । शुक्रवार देखिएको वायु प्रदुषणको कारण देशका विभिन्न स्थानमा भएको डढेलोको कारण बताइएको छ । जसका कारण अहिले काठमाडौं लगायत देशभरको हावामा धुलोका कण सहित धुवा समेत मिसिएकाले वायुको स्थिति खरब बनेको विज्ञहरुको भनाइ छ ।

4565