-
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिपरिषद् बिस्तार गरेका छन् । मुख्यमन्त्री राईले नेकपा माओवादी छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री र नेपाल समूह छाडेर ओली समूहमा आएकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् ।
त्यसैगरी हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री र इलामका राम रानालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको छ । उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् । सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गरेका हुन् । थपिएकी राज्यमन्त्री घलले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् भने ओझा नेपाल समूह त्यागेर ओली समूहमा आएकी सांसद हुन् ।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२