-
जिल्ला प्रशासन कार्यालय अछामले बुधबारबाट आंशिक निषेधाज्ञा जारी गरेको छ । छिमेकी मुलुक भारतका विभिन्न प्रान्तहरुमा कोभिड १९ को संक्रमण बढेसंगै यसको जोखिम नेपालमा हुन सक्ने भन्दै शर्तकताका लागि आशिंक निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

तराईका जिल्ला तथा भारतबाट अछाम जिल्लामा नागरिकहरुको आवत जावत बढी हुने भएकाले कोभिडको जोखिम बढी भएर जनस्वास्थ्यमा गम्भिर असर हुने भन्दै शर्तक रहन जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाबासीमा अनुरोध समेत गरेको छ ।
आउदै गरेको चाडपर्व फागु पूर्णिमा लगायतका कुनै पनि मेला, पर्व, महोत्सव, जात्रामा भिडभाड भेला जुलुस नर्गन, धार्मिक तथा सामाजिक क्षेत्रमा भौतिक दुरी कायम गरि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्न, अनुरोध गरेको छ ।
जिल्ला प्रशासन सुरक्षा समिती र जिल्ला कोभिड १९ संकट व्यावस्थापन समितिको बैठकको निर्णय अनुसार आज बुधबार राति १२ बजे देखि लागु हुने गरि अर्को व्यावस्था नभए सम्मका लागि आंशिक निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
News Desk 0 response बुधबार, चैत्र ११, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३