• सिन्धुलीको दुधौली नगरपालिकामा प्रदेश २–०३–००१ त १८७५ नम्बरको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सो दुर्घटनामा दुधौली नगरपालिका १३ ठाकुरदमारमा बस्ने बर्ष २५ का इन्द्रबहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनाग्रस्त ट्याक्टर भिरमा खसेको र शव निकाल्न भने नसकिएको जनाईएको छ । दुर्घटनामा ट्याक्टरमा सवार दाङ जिल्ला सुनढ्याब्री गाउपालिका निवासि ३० बर्षिय भगतराम चौधरी गम्भिर घाइते भएका छन् भने, सोहि ठेगाना भएका रामु चौधरी सामान्य घाइते भएको जनाईएको छ ।दुवै जनाको उपचारको लागि विराटनगर तर्फ पठाईएको छ ।

4565