• नेपालमा सोमबार थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार १९ जनाले ज्यान गुमाएका छन् । सोमबार ९९ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ७२ हजार २० जनाले कोरोनामुक्त भएका छन् । हाल एक हजार १७ जना आइशालेशन र ५१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ४० हजार ९ सय ९८ वटा पिसिआर गरिएको छ ।

4565