-
नेकपा एमाले ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतासँग स्पष्टीकरण मागेको छ । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टीकरणपत्र बुझाएका हुन् ।
एमाले स्रोतका अनुसार वरिष्ठ नेता नेपाल र नेता सुरेन्द्र पाण्डेको पत्र उनीहरुका स्वकीय सचिवलाई बुझाइएको छ । तर नेपालका स्वकिय सचिव नितेश पौडेलले भने पत्र नबुझेको र आफूलाई यसबारे थाहा नभएको एभिन्यूज खबरलाई बताए । नेता भीम रावलले भने स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गरेको बताइन्छ ।
गेटबाट भित्र छिर्न नदिएपछि कर्मचारीले टोखास्थित कोलोनीमा रहेको लेटर बक्समा पत्र छिराएर फर्किएका छन् । घनश्याम भुसालको भने मोबाइल स्वीच अफ रहेकाले उनको पत्र बुझाउन बाँकी रहेको एमाले कार्यालय स्रोतले जनाएको छ । शनिवार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरु बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै चार नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको थियो ।
स्पष्टिकरणपत्रमा ती अभियोगमाथि चित्त बुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ । महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तीन दिनभित्र चित्त बुझ्ने जवाफ नआएमा कारवाही किन नगर्ने भन्ने व्यहोरा उल्लेख रहेको छ ।
News Desk 0 response सोमवार, चैत्र ९, २०७७
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





