• ४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना जन्मघर इलाम पुगेका छन् । कोलकाता उच्च अदालतको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो ।

    कोलकाताबाट स्थलमार्गबाट नेपाल प्रवेश गरेका उनी आइतबार घर पुगेका हुन् । उनले सबैभन्दा पहिले आफ्नी ८६ वर्षीया आमालाई भेटेका थिए । लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएका कारण उनको स्वास्थ्य अवस्था नाजुक देखिएको छ । अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा ६-६ महिनामा उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको छ । दुर्गा बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरो हुन् । हाल बुवा र माइलो भाइको निधन भइसकेको छ भने घरमा आमा, कान्छो भाइ र बहिनी रहेका छन् ।

    दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नामका कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याएका थिए । दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पु¥याएपछि मिडियामा खबबर छापिन थालेका हुन् ।

    दार्जिलिङमा रहँदा दुर्गाप्रसाद आश्रय लिएर बसेको घरकी महिलाको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो । तर उनीमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ ।

4565