-
अधिवक्ता रमेश वडाल नयाँ महान्यायाधिवक्ता बन्ने भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका लागि सिफारिस गरेपछि वडाल सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा नियुक्ति हुन लागेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने प्रावधान छ । पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरेजसो दाहाल नेपाल पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए । उनी निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए ।
अग्नि खरेलले शुक्रबार महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइन लागेको हो । बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव हुन् । उनी श्रम कानूनका विज्ञ मानिन्छन् । बडाल सक्षम र विवादरहित कानून व्यवसायीका रूपमा परिचित छन् ।उता अधिवक्ता बडालले आफ्नो नाम महान्यायाधिवक्तमा सिफारिस भएको खबर आएको बताएकाछन्। उनले आफूलाई आइतबार बिहान ११ बजे शपथग्रहणका लागि बोलाइएको बताए।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३