-
प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधिसभा पुर्नस्थापित भएपपछि विघटन गर्ने प्रधानमन्त्रीले नैतिक दायित्व लिदै मार्गप्रशस्त गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक खाँडले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्नस्थापना गर्ने सर्वोच्चको आदेश संगै नैतिक उत्तरदायित्व लिएर सरकार गठनको मार्गप्रशस्त गरिदिनुपर्ने बताउनुभएको हो । उहाँले त्यसकार्य तर्फ सदनको ध्यान जानुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो “सर्वोच्च अदालतले सरकारको कदमलाई असंबैधानिक भनेपछि प्रधानमन्त्रीले यसको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ? त्यसका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्न पर्छ कि पर्दैन ? यता तिर सदन गम्भीर बनोस । ”
उहाँले संविधानको जगमा नै बनेको सरकार भएकाले संसदको गतिविधिलाई गतिशिल बनाउने र सम्मान गर्ने दायित्व सरकारको पनि भएको बताउनुभयो । तर सरकार बने देखि नै वर्तमान सरकारले निरन्तर संविधानमाथि प्रहार गर्ने काम गरेको दाबी उहाँले गर्नुभयो ।पहिलो दिनबाट विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको सरकारले अग्रमन गरेको छ कि प्रतिगमन गरेको छ भन्दै छातीमा हात राखेर संविधानको किताबमा हात राखेर एकपटक सोच्न आग्रह गर्नुयो । सरकारले सामान्य शिष्टाचार पनि नगरि भूमिगत शैलीमा जनप्रतिनिधिहरुको स्थल संसदको अधिवेशन नै अन्त्य गरेको र हिउँदे अधिवेशन कुर्दै गर्दा आलोचना सुन्नुपर्छ भनेर एलौटी ढंगले प्रतिनिधिसभा नै विघटन गरेको तर्क उहाँले गर्नुभयो ।
उहाँले महिला हिंसा तथा एसिड आक्रमणका अपराधीलाई कारवाही गर्ने सवालमा सरकारलाई आफ्नो पार्टीको सधै साथ रहेको बताउनुभयो ।उहाँले भन्नुभयो “सरकारले सदनमा कुनै विधेयक अगाडि बढाउन चाहदैन । विल ल्याउन नै चाहदैन । अत्तोथापेर पहिलो बैठकमा ल्याउन पाएनौ त्यसकारण हाम्रो रिर्जभेसन छ भन्नुहुन्छ । एसिड आक्रमण संग सम्बन्धी, अपराधीलाई कडा कारवाही होस् त्यसका लागि हाम्रो पार्टी सधै तपाईको साथमा छ । ”
संविधानको प्रावधान विपरित वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई पार्टीले असंबैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावाद, निरशंकुकताप्रेरित कार्य भनेको स्मरण गर्दे उहाँले संविधानलाई सफल बनाउने बाहेकको विकल्प कसैसंग नभएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको संसदीय व्यवस्थाप्रति पुर्ण विश्वास रहेको भन्दै उहाँले कसैले अधिनायकवाद, सर्वसत्तावाद र तानाशाह ल्याउँछु भनेर नसोच्न चेतावनी दिनुभयो ।
उहाँले संविधान र संसदलाई सफल बनाउने विषयमा मनबाट लाग्न पनि सबै दल तथा नेताहरुलाई आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो “संविधानलाई बदल्छु, नेपालमा अधिनायकवाद ल्याउँछु, नेपालमा सर्वसत्तावाद ल्याउँछु र नेपालमा तानाशाह ल्याउँछु, मानसपटलबाट निरंकुशताको दिशामा बढ्छु भन्ने सबै नेताहरु नेपालमा असफल भएका छन् । त्यही बाटोमा अगाडि नबढ्ुनुहोस्। ”
उहाँले नेपाली कांग्रेस मधेसको समस्या साधान गर्न र संविधान संसोधन गर्न तयार रहेको प्रसंग उल्लेख गर्दे उहाँले एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि संविधान कार्यान्वयनमा सबैले जोड दिनुपर्ने ।
उहाँले भन्नुभयो “शान्ति सम्झौता र शान्ति प्रक्रियामा हामी पुर्ण प्रतिवद्ध छौ । अहिले पनि हाम्रो कमिटमेण्ट छ । तर जतिखेर यो हलमा अध्याँरो अनुहार लगाएर मलिनो अनुहार लगाएर केही नेताहरु बस्नुभएको थियो । उहाँहरु विभिन्न वहानामा यो शान्ति प्रक्रिया ध्वस्त पार्न । शान्ति प्रक्रियालाई अवरोध गर्न लागिरहनुभएको छ । समय आयो भने ती दल र नेताहरुको नाम पनि भनौला । ”
उहाँले प्रधानमन्त्रीले ९ महिना अघि संसदमा उभिएर ३ महिना भित्र सबै नागरिकलाई कोभिड भ्याक्सिन लगाउने भने पनि अहिलेसम्म नभएको बताउनुभयो ।उहाँले भन्नुभयो “यसै रोष्टममा आएर सम्माननीय प्रधानमन्त्रीले अब ३ महिना भित्र सबै नागरिकलाई कोभिडको भ्याक्सिन लगाईने छ । भन्नुभएको थियो । प्रधानमन्त्रीले यहाँ आएर बोलेको कुरा पनि ३ महिना भईसक्यो । कुन चाँही ३ महिना ७७ सालको हो कि ? ७८ सालको हो कि? ७९ सालको हो की ? ८० सालको ३ महिना हो ? सिमा नभएको ३ महिना हो कि ? १७ लाखलाई भ्यासक्सिन लगाउनुभएको छ । स्टकमा ७ लाख भन्दा बढी छैन । अब सेकेण्ड डोजको लागि त हामीसंग स्टक हुनुपथ्र्यो नि त ?”
उहाँले अरुले सुरुवात गरेका योजना पुरा गरेर, भईसकेका कामलाई देखाएर जनतामा भ्रम छर्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।उहाँले भन्नुभयो “मेलम्चीको सपना त सन्त नेता कृष्ण प्रसाद भटराईले देख्नुभएको हो नि ? त्यो मेलम्चीको पानी आउने भयो सबेलाई धन्यवाद को एकपटक नाम लिन पनि तपाईलाई कन्जुस्याई , मेलम्ची, सुन्दरीजल र संसदमा पनि छैन । पहिलो सभामुख पनि हो । अहिले हामीले ल्यायौ भन्दा काठमाणडौका जनताले पत्याउँछन् कि पत्याउदैनन् गम्भीर हुनुहोस् भनेर पनि म आग्रह गर्छु । “डिपिआर गरेको छैन । बजेट छैन । सिलन्यास भईसक्यो धमाधम ।वा रे विकास । कागजको विकास । दुईबर्ष देखि मोटर चलेको छ । गाडी कुदिरहेको छ । कालोपत्रेको अहिले उद्घाटन । दुईबर्षदेखि पुलमा गाडि कुदिरहेको छ , अहिले बोर्ड लगाएर राजमार्गमा आमसभा, राजमार्गमा सिलन्यास यो कस्तो खालको विकास हो ? कस्तो खालको निर्माण हो ? ”
उहाँले राम्रो कामको सुरुवात गरेका अग्रजलाई सरकारले सम्मान दिन नसकेको गुनासो गर्नुभयो ।उहाँले भन्नुभयो “अल्पविकसित र विकसितको बारेमा पनि भूँईचालो नआएको भएदेखि तात्कालिन प्रधानमन्त्री शुशिल कोइरालाजीकै पालामा भईसकेको हो । अहिले पुर्णता पाएको छ भनेपनि मनमोहन अधिकारीको पालामा सुरु भएको छ, उहाँलाई धन्यवाद, भरतमोहन अधिकारीको पालामामा वृद्धभत्ताको सुरुवात भयो, उहाँलाई धन्यवाद । कमसेकम जसको पालोमा इनिसियसन भएको छ, उहाँहरुलाई स्मरण गर्ने त गरौ । उहाँहरुलाई पनि धन्यवाद दिने त गरौ । यस्तो खालको दिउँसै रात पार्ने ढंगमा मुलुक अगाडि नबढोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु ।”
कोभिडका बेला सरकारले श्रमिक, मजदुर ,शिक्षक , प्राध्यापक, पर्यटन व्यवसायी, उद्योगी, याताायत व्यवसायी किसान कसैलाई राहत दिन नसकेको भन्दै उहाँले ‘राहत पनि भूमिगत गरेको हो कि ? ’भनी व्यंग्य गर्नुभयो ।प्रमख सचेतक खाँडले सरकारलाई श्वेत पत्र जारी गर्न चुनौति दिनुभयो । सरकारको नेतृत्व लिदै गर्दा वर्तमान सरकारका तात्कालिन अर्थमन्त्रीले विगतको सरकारले मुलुकलाई ऋणमा डुबाएको बताएको उल्लेख गर्दै उहाँले अहिलेको यथार्थ अवस्था बारे जानकारी गराउन सरकारसंग माग गर्नुभयो ।
उहाँले भन्नुभयो “सरकारको हालत के छ भने ऋण लिएर ध्यु खाने । अहिलेको सफल सरकारले यति धेरै ऋण लिएको छ कि नेपालीको टाउकोमा यतिधेरै ऋण कहिलेही पनि थिएन । सायद उहाँलाई लागेको छ होला । यस्तो स्थिति छ देशमा अब फेरी फर्केर आईन्छ कि आईदैन । अब अहिले ऋण लिउँ तिर्ने बेलामा त अरु आईहाल्छन् । हाम्रो पालामा ऋण लिउँ ध्यु खाउँ अरुले तिरिहाल्छन् नि भन्नु भएको छ भने त केही भन्नु छैन । ”
उहाँले चालु खर्च बढी र पूँजीगत खर्च घटेर विकास कसरी बढ्छ ? भनेर प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “जसरी यो सरकार बन्दाखेरी अर्थमन्त्रीले बढो उत्साहित भएर पुर्ववर्ती सरकारले ऋणै ऋणमा नेपाल पारेको थियो हामीले तपाईलाई सबैलाई ध्यु खुवाउँछौ भनेर भनेर श्वेतपत्र निकाल्नु भएको थियो नि । ह्वाईट पेपर निकाल्नुभएको थियो नि,याद होला नि । त्यो ह्वाईट पेपरमा चाँही छलफल गर्नुपर्यो । श्वेत पत्र भन्ने, यथार्थ पत्र भनेर जारी गर्ने अगाडि अ थपेर अयथार्थ बनाउने ? म त्यत्तिखेर पनि श्वेत पत्र पनि ल्याओस् सरकारले अनि अहिलेको श्वेत पत्र पनि जारी गरोस् ।”
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२