-
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले ग्रिन कफिले मोटोपन घटाउँछ भनी ठगी गर्ने एक जना विदेशी नागरिक सहित २ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार ब्यूरोले पत्रकार सम्मेलन गरि दुवै जनालाई सार्वजनिक गरेको हो ।
काठमाण्डौ नयाँबजार खुशीबु बस्ने टिम वान सप्लायर्स प्रालिका संचालक ४२ बर्षिय आशिष आचार्यले ग्रिन कफि खाई वजन घटाएको विज्ञापन बनाई सामाजिक सञ्जालमा राखेर ठगि गरेको उजुरीका आधारमा व्युरोको टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी रसियन नागरिक इगोरकुर्टस लाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पत्रकार सम्मेलनमा व्युरोका निर्देशक एवं डिआईजी सहकुल बहादुर थापाले उनीहरुले ९ सय ६० रुपैयाँको ग्रिन कफिलाई २० र ४० हजार सम्ममा बिग्रि गरेर ठगि गरेको बताए । उनीहरुले कानुन बमोजिम अनुमति नलिईकन अन्य सामाग्रिहरु पनि बिक्रि गर्ने गरेको पाईएको छ । पक्राउ परेका अभियुक्तहरुको नेटवर्क भारत र रस्सामा पनि भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ किलो कफि ,२५ थान ल्यापटप लगायतका सामान बरामद गरेको छ । त्यसैगरी प्रहरीले महिलालाई खाल्डोमा पुरि फरार रहेका जिवन भन्ने भिम बहादुर बुढाथोकी लाई नेपाल भारत सिमास्थित कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको छ । बुढाथोकीले फागुन १७ गते धादिङ्ग त्रिपुरामा सडक मर्मत गर्ने क्रममा खाल्डोमा लडेकी सरस्वती कुमाललाई उद्धार गर्नुको सट्टा डोजरबाट माटोले पुरि आफु फरार रहेका थिए ।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३