-
महानगरीय प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका वडानम्बर १४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो । प्रहरीले हत्यामा संलग्न सन्तोषलाई पनि सार्वजनिक गरेको छ । लागुऔषध दुर्रव्यसनी सन्तोष श्रीमतीबीच सम्बन्ध राम्रो नभएको र घरयासी झैझगडाकै कारण उनले हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले अपराधीले आफुले हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिए ।
प्रहरीले सन्तोषीको मृत शरिरलाई बोरामा प्याक गरि फालेको अवस्थामा फेला पारेको थियो । प्रहरीले टोखा नगरपालिका वडा नम्बर ३ का सुर्य दर्शनहाईटका आशिष लिम्बुको हत्यामा संलग्न ३ जना लाई पनि सार्वजनिक गरेको छ । लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्ँद्र कुमार शाहलाई सार्वजनिक गरिएको हो । उनीहरुसंग आशिषको झैझगडा भएको र त्यही रिसिइवीमा हत्या भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले फागुन २९ गते टोखा मालुङको बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा आशिष लिम्बुको शब फेला पारेको थियो । दुवै घटनाका दोषी उपर अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२