वल्र्ड बैक ग्रुप र वल्र्ड भिजनकोे सहयोगमा सेभ द अर्थ सुनसरीले सञ्चालन गर्दै आएको किताव परियोजनाको समिक्षात्मक गोष्ठी तथा पुरस्कार वितरण सम्पन्न भएको छ ।सुनसरी जिल्लामा सेभ द अर्थ सुनसरीले दुई वर्ष देखि किताब परियोजना सञ्चालन गर्दै आएको थियो । परियोजनाको समय सिमा समाप्त भएपछि परियोजना सञ्चालन गर्दै आएको सेभ द अर्थ सुनसरीको आयोजनामा समिक्षा गोष्ठि गरिएको हो ।
आयोजक संस्थाका उपाध्यक्ष विष्णु बहादुर थापा मगरको अध्यक्षता तथा रामधुनी नगरपालिकाका प्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । समिक्षा गोष्ठिमा जिल्लाका १२वटै स्थानीय तहका तिन सय पैतिस विद्यालयका २५ सय विद्यार्थी लाभान्वित हुने गरी किताव परियोजनाले पुस्तकालय सञ्चालन गर्ने लगायतका काम गरेको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले जानकारी गराए ।
कक्षा १ देखि ३ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको किताव परियोजना सुनसरीमा प्रभावकारी बनेको कार्यक्रमका सहभागीहरुले वताए । कार्यक्रममा स्थानीय तहका प्रतिनिधि , विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि , शिक्षक विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
परियोजना प्रभावकारी भएका कारण परियोजनाको समय बढाईनु पर्ने नभएपनि यस्तै प्रकारको परियोजना सञ्चालन गरिनु पर्नेमा जोड दिए । सो परियोजनालाई सफल वनाउन महत्वपुर्ण योगदान गर्ने उत्कृष्ट विद्यालय , स्थानीय तह शिक्षा शाखा प्रमुख लगायतलाई सम्मान पुरस्कृत गरिएको थियो । सेभ द अर्थ सुनसरीले शिक्षा ,स्वास्थ्य ,स्वच्छता लगायातका क्षेत्रमा काम गर्दै आएको छ ।